Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कार्यकर्ता तान्‍दै बाबुराम

एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानको संयोजक बनेका बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्नुअघि माओवादीबाहेकका राजनीतिक दल र संगठनका नेताकार्यकर्ता तान्ने रणनीति बनाएका छन्।

आफूलाई समर्थन गर्ने एमाओवादीका नेताकार्यकर्ताको काठमाडौंमा भएको दुईदिने भेलापछि भट्टराईले त्यस्तो रणनीति बनाएका हुन्। सोही रणनीतिअनुसार आफूलाई समर्थन गर्ने एमाओवादीका नेताहरूको कार्यविभाजन गरिएको छ। संगठन विभाग प्रमुखको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको छ।

स्रोतका अनुसार पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेताकार्यकर्तालाई देवेन्द्र पौडेलले र अन्य दलका नेताकार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूलाई बाबुराम भट्टराईले नयाँ शक्ति अभियानमा सहभागी गराउने जिम्मा लिएका छन्।

भट्टराईले भने अन्य दलका नेताकार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूलाई नयाँ शक्ति अभियानमा सहभागी गराउने जिम्मा लिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9749