Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चालक निदाएपछि बस दुर्घटना, २६ घाइते

रौतहट, उदयपुरको रामपुरढोकबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस चन्द्रपुर नगरपालिकाको लमहा जंगलमा आज बिहान पौने पाँच दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

घाइते मध्ये तीन जना उदयपुर नगरपालीका वडा नम्बर १० का २० बर्षीया शरु राई, २० बर्षिया रिस्ता राई र उदयपुर २ का २८ बर्षीया रष्मी नेपाली गम्भीर घाईते भएका छन्।

गुडिरहेको ना.५ ख. २२३६ नम्बरको बस चालक निदाएपछि सन्तुलन गुमाएर दुर्घटना भएको रौतहटका प्रहरी प्रबक्ता डिएसपि राजेन्द्र पोखरेलले बताएका छन्।





Comments

comments

Leave a Reply

9754