Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनबाट आएको त्यत्रो अनुदानको तेल कहाँ गयो?

चीनले वर्षेनी उपलब्ध गराइरहेको आर्थिक तथा प्राविधिक सहायतामा कट्टा हुने गरी ११ मिलियन एनआरबी (१८ करोड रुपैयाँभन्दा बढी) बराबरको १३ लाख लिटर पेट्रोल नेपाल आएको छ।

१६ कात्तिकदेखि केरुङ–रसुवागढी हुँदै तेल ल्याउन थालिएको थियो। अन्तिम खेप मंगलबार ल्याइएको थियो।

चीनबाट १६ कात्तिकमा पेट्रोल आउन थालेपछि निगमले १९, २० र २१ कात्तिकमा उपत्यकामा करिब दश लाख लिटर पेट्रोल वितरण गरेको थियो।

भारत र चीनको पेट्रोल मिसाएर बिक्री गरिएको निगमका थानकोट डिपो प्रमुख रविनकुमार शर्माले बताए। २१ कात्तिकयता भने निगमले निजी सवारीका लागि भनेर कुनै पनि पम्पलाई तेल दिएको छैन। बुधबारसम्म निगमको थानकोट डिपोमा तीन लाख ५० हजार लिटर चिनियाँ पेट्रोल मात्रै मौज्दात छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9762