प्रधानमन्त्री केपी ओलीले कार्यालय र निवासका लागि कात्तिक महिनामा मात्र १ लाख २८ हजार २ सय ५५ रुपैयाँ बराबरका पत्रपत्रिका पढेका छन्।
आचार्य ट्रेडर एन्ड सप्लायर्स प्रालिबाट ओलीका लागि उक्त रकमका पत्रपत्रिका खरिद गरिएको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। जबकि, कात्तिकमा दसैं-तिहार परेकाले पत्रपत्रिका कमै निस्किएका थिए। कुन-कुन पत्रिका कति परिमाणमा किन्दा यति ठूलो रकम खर्च भएको हो भन्ने वेबसाइटमा उल्लेख छैन।