Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पाहुना घरमा गोली चल्यो, भूमिगत समूहका छोटेलाल घाइते

राजधानीको सुनधरास्थित लुम्बिनी पाहुना घर गेस्ट हाउसमा आइतवार बिहान गोली चल्दा एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार हतियारसहित त्यहाँ रहेका दुई युवकलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

गोली लागेर रौतहटका छोटेलाल ठाकुर घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। प्रहरीले ठाकुरसँगै रहेका राजकुमार पट्टेललाई नियन्त्रणमा लिएको छ।

उनीहरु तराईमा सक्रिय भूमिगत समूहमा संलग्न भएको बताइएको छ। उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

घाइते ठाकुर प्रहरी संगठनबाट एसएलआर हतियारसहित जागिर छाडेर भागेका भगौडा जवान रहेको खुलेको छ।





Comments

comments

Leave a Reply

9807