Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१३ भारतीय सुरक्षाकर्मी नेपाल प्रहरीको कब्जामा

झापा, झापाको बिहारसँग सीमा जोडिएको केचना गाविसको सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ।


फाइल फोटोः

आइतबार बिहान ६ः३० बजेतिर नेपाली भूभाग प्रवेश गरेका उनीहरुलाई केचना स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको खबर नागरिक न्युजमा राजु अधिकारीले लेखेका छन्।

‘एसएसबीको टोली किन नेपाल प्रवेश गरेका हो भनेर हामी छानवीन गरिरहेका छौं’, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नागरिकन्युजलाई बताए।

पक्राउ परेकामध्ये चार जनासँग अत्याधुनिक राइफल समेत रहेको छ। केही दिन अघि सो नाकाबाट तस्करहरूले ४० बोरा सुपारी भारततर्फ लैजाने क्रममा भएकाे झडपमा प्रहरीले १३ राउन्ड फायरिङ गरेको थियो।

यसअघि हतियारधारी एसएसबी टोली सुनसरीको हरिपुर-७ प्रवेश गरी गोली चलाउँदा ४ नेपाली घाइते भएका थिए।





Comments

comments

Leave a Reply

9818