Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोदीलाई बैद्यले पत्र लेख्दै भने – नाकाबन्दी हटाउ

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखि भारतले लगाएको नाकाबन्दी अविलम्ब हटाउन आग्रह गरेका छन्।

काठमाडौस्थित भारतीय दूतावासमार्फत् भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको स्मरण पत्रमा बैद्यले भारतले जारी राखेको नाकाबन्दीका कारण विनाशकारी भूकम्पका कारण भन्दा बढी क्षति नेपालको अर्थतन्त्रमा परेको उल्लेख गरिएको छ।

‘अहिले नेपाली जनताले अत्यन्तै घातक कालखण्ड बेहोरिरहेका छन् । नाकाबन्दीका कारण औषधि, खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको चरम संकट बेहोरिरहेका छन्’ पत्रमा भनिएको छ।

नेपालभित्र र बिदेशमा भारतीय नाकाबन्दीबिरुद्द नेपालीहरुले प्रदर्शन गरिरहेको भएपनि नेपाललाई लगाएको नाकाबन्दी हटाउनेतर्फ मोदीले ध्यान नदिएको पत्रमा उल्लेख छ।

‘नाकाबन्दीका कारण अस्पताल, बिद्यालय, क्याम्पस र होटलहरु बन्द भएका छन् । त्यस्तै सडकहरु खाली हुन पुगेका छन् । अब यी सब घटनाहरुबाट भारत कसरी नेपालको असल छिमेकी हुनसक्छ ? ’ बैद्यले पत्रमा लेखेका छन्।

भारतको नेपाल प्रतिको ब्यवहारप्रति विश्वभर नै प्रश्न उठिरहेको बैद्यको भनाई छ । बैद्यले नेपाल र भारतबीचको मैत्रीपूर्ण संबन्ध, संयुक्त राष्ट्रसंघको साधारण मानवीय सिद्दान्त र ब्यवहार र नेपालको सार्वभौमसत्ता बिरुद्द भारतले नाकाबन्दी लादेको पत्रमा उल्लेख गरेका छन् ।

‘अहिले तपाईंको मुलुकले लादेको नाकाबन्दीको हामी घोर निन्दा र भत्सर्ना गर्छौँ । साथै तत्काल नाकाबन्दी हटाउन पनि आग्रह गर्छौँ’ पत्रमा छ । भूपरिबेष्ठित मुलुक हुनुका नाताले अन्र्तराष्ट्रिय नियम तथा अभ्यास अनुशार भारतले निर्वाध नेपाललाई पारवहन अधिकार उपलब्ध गराउनुपर्ने पत्रमा छ ।

पत्रमा नेपाल—भारतबीचको शान्ति तथा मैत्री सन्धि (सन् १९५०) खारेज हुनुपर्ने र समयानुकुल नयाँ सन्धि हुनुपर्ने उल्लेख छ । नेपाल भारत अन्य असमान सन्धिहरु पनि खारेज हुनुपर्ने पत्रमा उल्लेख गरिएको खबर अन्नपूर्णपोष्टमा छ।

जलस्रोतसंग संबन्धित द्विपक्षिय सम्झौताहरु जस्तै नेपाल भारत कोसि परियोजना सम्झौता (सन् १९५४), बृहत् महाकाली परियोजना सम्झौता (सन् १९९६), अरुण ते श्रो परियोजना समझदारी (सन् २००८), कर्णाली जलबिद्युत् परियोजना सम्झौता (सन् २००८) खारेज हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ।

भारतले नेपालको आन्तरिक मामिलामा सबै खालका हस्तक्षेप बन्द गर्नुपर्ने पत्रमा लेखिएको छ । भारतको नेपालप्रतिको हेपाहा दृष्टि अन्त्य हुनुपर्ने पनि पत्रमा बैद्यले लेखेका छन्।





Comments

comments

Leave a Reply

9805