Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बहादुर गोर्खाहरूको बिचरो देश नेपाल !

गोपाल चिन्तन –
मलाई अचम्म लाग्छ, गोर्खाहरू संसारकै सबैभन्दा बहादुर, निडर र निर्भिक सैनिक हुन् भन्ने सुन्दा। यो सबै बेकार हो।


मलाई अचम्म लाग्छ, गोर्खाहरू संसारकै सबैभन्दा बहादुर, निडर र निर्भिक सैनिक हुन् भन्ने सुन्दा। यो सबै बेकार हो…।

बुद्धको देशमा जन्मिएका मानिसहरू साम्राज्यवादी र विस्तारवादी मुलुकका सेनामा भर्ती भएर संसारका ठूला ठूला विभत्स र अमानवीय युद्धहरु कहिल्यै पनि लड्दैनन्। यो हाम्रो न संस्कार हो न सँस्कृति र बाध्यता। यो त गोर्खाहरूले भातका लागि लडेको युद्ध र बहादुरी हो।

यो उनीहरुले पहाडमा उकालीओराली गर्दा आफँै बनेको फलामे शरिर, राम्ररी खान नपाउँदाको बाध्यता र पढ्न नपाउँदाको बुद्दु अवस्थाको परिणाम हो।

पढेलेखेका सैनिकजस्तो डरछेरुवा नभई ज्यान माया मारेर कर्तव्यस्वरुप लडेको भने सत्य हो। नत्र गोर्खाहरू साँच्चिकै जन्मजात बहादुर हुन्थे भने तिनको आफ्नो मातृभूमि नेपाल आज भारतले दिनदहाडै लुटिरहेको हुन्थेन। सिमाना मिचिरहेको हुन्थेन। नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय सुरक्षा यस्तो बेहाल अवस्थामा हुन्थेन।

गोर्खाहरू नेपालको सुरक्षामा चारैतिर खटिएका हुन्थे। गोर्खा नामको सैनिक बृगेड शायदः नेपाली सेनाभित्रै पनि खडा गरिएको हुन्थ्यो। गोर्खा नामका नेपाल नागरिकहरुको रगत र पसिनामा होली खेलेर चीन र पाकिस्तानजस्ता नेपालका छिमेकी राष्ट्र अनि संसारभरिका मित्र राष्ट्र र त्यहाँ निर्दोष जनताहरुका विरुद्धमा गोर्खाहरू लड्थेनन् र लडेबापत पाएका कथित तक्माहरु पाएर बुरुक्बुरुक हुन्थेनन्।

विचार गरौँ है मित्रहरु हो, बुद्धको देशमा जन्मिएका मानिसहरू साम्राज्यवादी र विस्तारवादी मुलुकका सेनामा भर्ती भएर संसारका ठूला ठूला विभत्स र अमानवीय युद्धहरु कहिल्यै पनि लड्दैनन्। यो हाम्रो न संस्कार हो न सँस्कृति र बाध्यता। यो त गोर्खाहरूले भातका लागि लडेको युद्ध र बहादुरी हो।

अहिलेको युग र नेपालको वर्तमान समय भनेको सबै गोर्खाहरू भारतीय तथा बृटिश पल्टन छोडेर नेपाल फर्कने र आफ्नै देश बचाउने तथा बनाउने बेला हो। तर यति हुँदाहुँदै पनि म गोर्खाहरूमाथि भएका सबै अन्याय र अत्याचारका विरुद्ध लडिरहने बिनाबन्दूकको गोर्खे (गोरखा राज्यको विस्तारित नेपालको नागरिक) बहादुरचाहिँ अवश्य हो नि। भ्रम नपरोस्।

(अन्तर्राष्ट्रिय कानुनविद् डा. गोपाल चिन्तन पृथ्वीनारायण क्याम्पस, पोखराका सहप्राध्यापक हुन्।)

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

9811