भारतीय नाकाबन्दीविरुद्ध कोलोराडोमा यसरी बिरोध प्रर्दशन गरियो (फोटो फिचरसहित)

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
नोभेम्वर २९, कोलोराडो, अमेरीका। भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको बिरोधलाई विश्वव्यापी बनाउने र नाकाबन्दी हटाउन दबाव सृजना गर्ने उद्धेश्यले कोलोराडो निवासी नेपालीहरुले आईतबार डेनभर डाउनटाउनमा बृहत बिरोध र्याली प्रदर्शन गरेका छन्।

कोलोराडोस्थित सम्पूर्ण संघ संस्थाको आयोजना र नेपाली समाजको सहयोग तथा रकि माउन्टेन फ्रेन्डस् अफ नेपालको आव्हानमा बृहत बिरोध र्याली प्रदर्शन गरिएको हो।

सहभागीहरुले “ब्याक अफ ईन्डिया, ब्याक अफ मोदी, ईन्डिया स्टप द ब्लकेड” जस्ता ब्यानर र प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए।

मातृभूमि नेपालमा अत्यावश्यक औषधी खाद्यान्नलगायत अन्य आवश्यक सामानको अभाव दिनानुदिन बढ्दै गएको वर्तमान अवस्थामा हाम्रा बाआमा, दाजुभाई, दिदीबहिनीले बेहोर्नु परेको चरम मानविय अभावको मुक दर्शक भएर बस्न नसकिने भन्दै अघोषित नाकाबन्दिको बिरोध गरेका थिए।

उनीहरुले नेपाल सरकार तथा राजनैतीक दलहरुलाई कसैको डर धम्कीले नेपाल र नेपालीको आस्था र स्वाभिमानमा चोट पार्ने कुनै पनि निर्णय नगर्न , देश बिखन्डन हुन सक्ने जस्ता अभिव्यक्ति नदिन तथा त्यस्ता क्रियाकलाप नगर्न समेत आग्रह गरेका छन्। त्यसैगरी उनीहरुले आफ्नो व्यक्तिगत तथा पार्टिगत स्वार्थ भन्दा माथि उठेर आन्दोलनकारीको उचितमागको सम्वोधन गर्न सल्लाह समेत दिएका छन्।

दिउसो २ बजेदेखि साढे ३ बजेसम्म सञ्चालन भएको बिरोध प्रर्दशन कार्यक्रममा यहास्थित संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धिजीवी, पत्रकार, नेपाली मुलका भुटनिज, सर्वसाधारण र नेपालप्रति सद्भाव राख्ने स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो।

बिरोध कार्यक्रममा सहभागी केही आफ्नो छुट्टै जातीय पहिरहनमा सहभागी भएका थिए भने केही महिलाहरु साडी चोलो र पुरुषहरु दौरा सुरुवाल लगाएर आएका थिए। बाक्लो हिउं र चिसो सिरेटोको समेत पर्वाह नगरी स्वस्फुर्त रुपमा उपस्थित सहभागीहरुले मानव अधिकारको रक्षा गर, स्वतन्त्र पारवाहन अधिकारको सुनिश्चित गर, जस्ता नाराहरु लगाएका थिए।





Comments

comments

Leave a Reply

9830