एनआरएनए हङकङको ज्ञापनपत्र नेपाल सरकारलाई

एचकेनेपाल डट कम संवाददाता –
१४ मंसिर, हङकङ। गैर–आवासीय नेपाली संघ हङकङले वर्तमान प्रतिकूल अवस्थाको अन्त गरी अनुकूल बनाउँन नेपाल सरकारलाई संयोजनकारी भूमिका निर्वाह गर्न ज्ञापनपत्रमार्फत आग्रह गरेको छ।

नेपाल–भारत सिमानामा भइरहेको आवगमन अवरोधले पेट्रोलियम पदार्थ, औषधीलगायत अत्यावश्यक सामग्री आपूर्तिमा उत्पन्न गतिरोधले जनजीवन कष्टकर बन्नुमा भारत सरकारको हेपाहा प्रवृतिको साथै तराई–मधेश केन्द्रित दलहरुको धर्नालगायतको आन्दोलन पनि हो भन्दै आन्दोलनरत दलका जायज मागलाई सम्बोधन गर्दै छिमेकी मुलुकसंगको सम्बन्ध सुमधुर बनाएर अघि बढ्नुको विकल्प नरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

‘यस अवस्था सिर्जना हुनुमा छिमेकी मुलुक भारतको हेपाहा प्रवृति मुख्य कारक तत्वको रुपमा रहेको छ। भूपरिवेष्ठित देशले पाउनु पर्ने पारवहन सुविधाजस्तो अन्तर्राष्ट्रिय सन्धी–सम्झौताको उल्लंघनमात्र नगरेर भारतले नेपालको नैसर्गिक अधिकार हनन गरिरहेको छ। नेपालीले आफ्नो लागि जारी गरेको संविधानमा अरुले अनावश्यक चासो दिनु असान्दर्भिकमात्र नभएर हस्तक्षेप भएको हाम्रो ठहर रहेको छ। यस विषयमा हामीले यहाँस्थित भारतीय महावाणिज्यदूत परिसरमा विरोध प्रदर्शनका साथ विरोधपत्र बुझाइ सकेका छौं ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

नेपाली लोकोक्ति ‘आफ्नो थैलोको मुख दरो बाँध्नु, छिमेकीलाई चोर नलगाउनु’ उद्धरण गर्दै अहिलेको स्थिति सिर्जना हुनुमा भारतमात्र दोषी नरहेर नयाँ संविधानमा असन्तुष्टि जनाउँदै तराई–मधेश केन्द्रित राजनैतिक दलहरुले धर्नालगायतका आन्दोलन पनि रहेको र उनीहरुको असन्तुष्टिको विषयमा स्वयं संविधान जारी गर्ने दलहरुले कमजोरी रहेको ठहर गर्दै संसोधन प्रस्ताव पेश गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा ‘संविधान कुनै धार्मिक ग्रन्थ होइन जुन अपरिवर्तनीय होस्। संविधान जनताको चाहना र इच्छानुसार परिमार्जन र परिवर्तन भएको नजिर खोज्न टाढा जान आवश्यक छैन। नेपालकै सन्दर्भमा पनि संविधान परिमार्जन र परिवर्तन पटकपटक भएका छन्। नयाँ संविधान जारी भएको स्थितिमा कतिपय अस्पष्टतालाई स्पष्ट बनाउनु पर्ने र भ्रम चिर्नु पर्ने आवश्यक देखिएको छ। त्यो संगै आन्दोलनरत दलहरुसंग समन्वय गरेर अघि बढ्नु पर्ने आवश्यकता खट्किएको छ ।’ रहेको छ।

ज्ञापनपत्र अध्यक्ष ललित आङबुहाङको नेतृत्व रहेको टोलीले कार्यवाहक महावाणिज्यदूत सुजनी रानालाई हस्तान्तरण गरेको थियो।

तस्वीरः जगतअम्बु गुरुङ। थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

9840