झगडाले लामो समय छुट्टिएका शंकर बिसी र पार्वती राई फेरि एक भए

कमल न्यौपाने, राम ढुंगेल / एचकेनेपाल डट कम
नेपाली लोक तथा दोहोरी क्षेत्रमा शंकर बिसी र पार्वती राईलाई नचिन्ने सायदै कोही होलान्। एक दशकभन्दा लामो समयदेखि अभिनय तथा निर्देशकको रुपमा आफूलाई परिचित गराई रहेका शंकर बिसी लोक दोहोरी बाहेक अन्य गीत संगीतका क्षेत्रमा पनि संलग्न रहेका छन्।

थुप्रै चलचित्रमा समेत नृत्य निर्देशकको रुपमा आफ्नो काम प्रस्तुत गरिसकेका शंकर बिनाको लोक दोहोरी नुन बिनाको तरकारीको रुपमा समेत लिने गरिन्थ्यो। त्यस्तै अर्की नायिका तथा मोडल पार्वती राई जो छमछमीमा उत्कृष्ट हुन नसके पनि नेपाली लोक दोहोरीको क्षेत्रमा राज गर्न सफल भएकी छिन्। अहिले उनी एक उत्कृष्ट मोडलको रुपमा आफूलाई यो क्षेत्रमा चिनाउन सफल भएकी छिन्। प्रायजसो लोक दोहोरी गीतका भिडियोमा हामीले पार्वतीलाई नै देख्न सक्छौं।

त्यस्तो समय पनि थियो जतिबेला लोक दोहोरी क्षेत्रमा शंकर बिसी र पार्वती राई बिनाको भिडियो बजारमा आउँदा दर्शकको साथ त्यति पाउथेन। दर्शकको साथ र माया पाउनकै लागि र गीत चल्नकै लागि उक्त गीतको भिडियोमा शंकर बिसी र पार्वती राईको आवश्यकता पर्ने गर्थ्यो। शंकर बिसी र पार्बती राई जो नेपाली लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरेर अग्रपंक्तिमा आएका नायक नायिका हुन्।

अझ भन्ने हो भने लोकदोहोरीका राजा रानीको रुपमा पनि लिने गरिन्छ उनीहरुलाई। उनीहरुले एकैसाथ थुप्रै भिडियोमा काम गरिसकेका छन् र प्रायजसो सबै भिडियो चर्चामै छन्। तर पछिल्लो समयमा यि दुईबीच केही बिबाद भएकै कारण एकैसाथ भिडियो नखेन्ल्नु मात्र होइन केही समयसम्म बोलचालसम्म नै बन्द भएको थियो।

एकछत्र राज गरिरहेका र हरेक जसो भिडियो चर्चित भईरहेकै बेला उनीहरु बिच देखिएको बिवादले लोक दोहोरिको क्षेत्रमा केही समस्या भने ल्याएकै हो। उनीहरुको जोडी छुट्टिए लगत्तै लोक दोहोरी क्षेत्र नुन बिनाको तरकारी जस्तो अझ भनौ माउ बिनाको चल्ला जस्तो भएकै हो। यस बिचमा धेरै मोडेलहरुको प्रबेश भएपनि यो जोडीको बिडो भने कसैले धान्न सकेन।

सो बिषय पछाडि धेरै टिका टिप्पणी नभएका पनि होइनन्। धेरैले धेरै कुराहरु गरेका थिए उनीहरुका बारे। यो जोडीलाई फेरी एकैसाथ भिडियोमा देख्न पाईएला भन्ने लोक दोहोरीका दर्शक / श्रोता र सोही क्षेत्रमा लागिरहेका अन्य कलाकार कोही कसैले पनि सोचेका थिएनन्। तर उनीहरु पुन: एकैसाथ एउटै भिडियोमा अब देखिने भएका छन्।

यो जोडीलाई एकैसाथ अभिनय गराउन धेरै निर्देशकले जोड गरेका थिए तर कोही पनि अहिलेसम्म सफल हुन सकेका थिएनन्। यो जोडीलाई मिलाउन निर्देशकहरुलाई धौ धौ परेको अवस्थामा पछिल्लो समय चर्चित तथा सफल हुँदै आईरहेकी लोक दोहोरीकै पहिलो महिला नृत्य निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा)ले भने यो सफलता हासिल गरेकी छिन्।

गुरुआमाले यो जोडीलाई एउटा नयाँ गीतको भिडियोमा सँगै अभिनय गराएकी छिन्। शंकर र पार्वतीको जोडीलाई अब एकैसाथ दर्शकले छिट्टै हेर्न पाउने भएका छन् गुरुआमाकै कारण। बागिना डिजिटल प्रालीमार्फत बजारमा आउन लागेको अनिता चलाउने र जितेश थापाको भुनभुन गर्ने भमराले फूलको रस खाने बोलको लोक दोहोरी गीत मार्फत यो जोडीले काम सुरु गरेको हो।

यो जोडीको नेपाली लोक दोहोरी क्षेत्रमा निकै खाँचो रहेको र सबै दर्शकको मन पर्ने जोडी समेत रहेकोले आफूले यो कदम चालेको र सफल समेत रहेको गुरुआमाले हामीसँगको कुराकानीमा बताईन्। लामो समय पश्चात पुन: एकैपटक भिडियोमा काम सुरु गरेकोमा र भोलिका दिनमा समेत यसैगरी यो जोडी निरन्तर रुपमा फेरी पहिले जस्तै अघि बढोस् हाम्रो तर्फबाट शुभकामना।





Comments

comments

Leave a Reply

9914