Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोदाममै सड्यो भूकम्पपीडितको चामल

बंगलादेशले भूकम्पपीडितका लागि पठाएको चामल सरकारले समयमा प्रभावित क्षेत्रमा पुर्याउन नसक्दा झापास्थित खाद्य संस्थानको गोदाममै सड्न थालेको छ।

गत वैशाख १२ को महाभूकम्पले बंगलादेशले १ लाख क्विन्टल चामल उपलब्ध गराएको थियो। त्यसमध्ये ६० हजार क्विन्टल ८ महिनादेखि संस्थानका भद्रपुर र बिर्तामोडस्थित गोदाममा थन्किएको छ। उक्त चामल सडेर गन्ध आउन थालिसकेको खबर कान्तिपुर दैनिकमा छ।

‘४० हजार क्विन्टल प्रभावित क्षेत्रमा वितरण गरिसक्यौं,’ संस्थानका बिर्तामोड शाखा प्रमुख मार्केन्डेप्रसाद जैसवालले भने।

सार्वजनिक खरिद ऐनअन्तर्गत ढुवानी गर्नुपर्ने सरकारी प्रावधानकै कारण सहयोगको चामल गोदाममै थन्केको संस्थान स्रोतले जनाएको छ।





Comments

comments

Leave a Reply

9923