परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान

अनिता न्यौपाने, राम ढुंगेल / एचकेनेपाल डट कम –
दुबई । यूएईको नेपाली सांगीतिक क्षेत्रमा भर्सटाइल गायकको रुपमा चर्चाको शिखर चड्दै गरेका भेडेटार धनकुटाका नन्दु राईको सुसेली एल्मबको एक गीतको म्युजिक भिडियो दुबईमा छायांकन भएको छ।

लोकआधुनिक, पप, लोकपप तथा गजल विधाका गीतहरुलाई समेटी सार्वजनिक हुन लागेको उक्त एल्बमको गीतहरुमध्ये परदेशमा… बोलको गीतको छायांकन विकल्प क्रिएसनका मुनालशिशिर कोइरालको निर्देशनमा भएको हो।

परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान
आप्पा र आमा सम्झेर रुँदै त्यो गाउँघरमा
झल्झली आउँछ सँगै घुमेको धरान बजारमा…

प्रतिभाशाली गायक राईकै शब्द, संगीत र स्वर रहेको यो गीतमा परदेशी जीवनको वास्तविकतालाई भिडियोमा उतार्ने निर्देशक कोइरालाले बताएका छन्।

मोडलिङमा गायक स्वयंलाई साथ दिएकी छिन् भोजपुरकी इना राईले। विभिन्न जातीय संघसंस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा परम्परागत जातीय नृत्य गरिसकेकी ईनाले म्युजिक भिडियोमा पहिलोपल्ट काम गर्दा रमाइलो भएको प्रतिक्रिया दिइन्।

दुबईका रमणीय स्थानहरु क्रिकपार्क, मीनाबजारमा छायांकन गरिएको भिडियोमा चण्डी, साकेला र पहाडी जनजीवनमा आधारित मेलाका दृश्यहरु पगल समेटिने गायक तथा मोडल नन्दु राईले बताए।

सफल गायक बन्ने सपना देखेका राईले संगीतको क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेको बताए । पहिलो नेपाली तारामा ९ हजारमा छानिएर ३ सयभित्र परे पनि गायक राईको त्योभन्दा अघि जाने बाटो बन्द भएको थियो । एउटा बाटो बन्द भए पनि अरु बाटाहरु खोज्दै नेपाली सांगीतिक आकाशमा आफ्नो नाम दर्ज गर्ने हुटहुटीले राईलाई कहिले छाडेन। पढाइ, करियर र जिम्मेबारीको बोझले राईलाई नेपालमै बसिरहन दिएन र लागे रोजगारीको क्रममा यूएईतिर आजभन्दा सात वर्षअघि।

रेडियो नेपालबाट हरेक शनिबार राति प्रसारण हुने चौतारी कार्यक्रम र पछि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा बज्ने सांगीतिक कार्यक्रमहरुले उनको संगीतमोहलाई मलजल गरे।

यूएईमा पनि उनी चुप लागेर बसेनन् । संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिन यहाँका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहे राई। गीतहरु गाइरहे । क्यारिकेचर पनि गर्न भ्याए। हो , उनै नन्दु आफ्नो लोकप्रिय गीतको म्युजिक भिडियोको तयारी गरिरहेका छन्। उनले आफ्नो गजल पिउन बाँकी छ… को पनि चाँडै नै म्युजिक भिडियोको दुबईमै छायांकन गरिने जानकारी दिए। गायक राईलाई सांगीतिक सफलताको अग्रिम शुभकामना…।





Comments

comments

Leave a Reply

9927