अख्तियारको छानबिनमा परेका २९ जना प्रभावशाली व्यक्तिहरु को को हुन् हेर्नुहोस्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अकुत (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको शंकामा’ १२ जना पूर्वमन्त्री र तीनजना बहालवाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ।

अख्तियारले सबै बैंकलाई २९ जना सबैको लकरहरु आइतबारसम्म बन्द गर्नसमेत निर्देशन दिएको छ।

अख्तियारका प्रमुख लोकमानसिंह कार्कीले शुक्रबार सबैका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुलाई आयोगको कार्यकक्षमै बोलाएर उनीहरुको लकर बन्द गर्न निर्देशन दिएको स्रोतले बतायो। उनीहरु सबैको बैंक खाता रोक्कालगायत कारबाही गर्न आइतबार अख्तियारबाट पत्र आउने सम्भावना रहेको बैंकका उच्च अधिकारीले बताएका छन् । स्रोतका अनुसार प्रमुख आयुक्त कार्कीले बैंक लकर बन्द गर्न निर्देशन दिनुअघि राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसँगसमेत यो प्रकरणमा छलफल गरेका थिए।

को को परे ?
छानबिनमा पर्ने पूर्वमन्त्रीहरुमा एमाओवादी महासचिव कृष्णबहादुर महरा, एमालेका नेताहरु राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्र, ल्हारक्याल लामा, मालेकी नेतृ नीलम केसी खड्का, विद्याधर मल्लिक, रामकुमार श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला, उमाकान्त झा, टेकबहादुर घर्ती छन् । अकुतको छानबिनमा परेका १२ पूर्वमन्त्रीमा प्रधानन्यायाधीश खिलराज रेग्मीको चुनावी मन्त्रिपषिद्का मात्रै ६ जना छन् । यस्तै बहालवाला सचिवमा स्वास्थ्य मन्त्रालयका शान्तबहादुर श्रेष्ठ, सिँचाइका अनुपकुमार उपाध्याय र कृषिका उत्तमकुमार भट्टराई परेका छन्।

पूर्वमुख्यसचिव भोजराज घिमिरे, बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, नेपाल प्रहरीका त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख नायब महानिरीक्षक विजयलाल कायस्थ, पूर्वमहानिरीक्षक एवं एमाओवादी सांसद् रवीन्द्रप्रताप शाह, सांसद्त्रय वाबुराम पोखरेल, उमेश श्रेष्ठ र गीता राणालाई अख्तियारले बयानका लागि बोलाएको छ।

एमालेका सांसद् इच्छाराज तामाङ, जनार्दन ढकाललाई पनि अख्तियारको छानबिनमा परेका छन् । पूर्वसांसद विजयलाल पौडेल, निर्माण व्यवसायी एवं राप्रपाका सांसद विक्रम पाण्डे, व्यवसायी राजकुमार अग्रवाल, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसमेत अख्तियारको छानबिनमा परेका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9918