सन्तोष थापा – काठमाडौं । नेपालबाट केही महिना अगाडि पोर्चुगल गएका चार युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन्। उनीहरु एक सांगीतिक कार्यक्रमको लागि भनेर दलाललाई १५, १५ लाख तिरेर सुनौलो भविष्यको सपना बोकेर युरोप छिरेका थिए तर त्यो सपना अधुरो हुने भएको छ।
काठमाडौंको डिल्लीबजारस्थित एलमिरा एजुकेशन ओभरसिजका सञ्चालक सुमन कार्कीले सांगीतिक कार्यक्रमको लागि भनेर ति ४ जना सँग १५ लाखका दर ले ६० लाख लिएर पठाएको थियो । कार्कीले सांगीतिक कार्यक्रममा जानको लागि नेपालका चर्चित कलाकार दिपक लिम्बु र आस्था भण्डारीको नाम प्रयोग गरेको थियो । दलाल कार्कीले दिपक र आस्थालाई भिसा भएन भन्दै झुकाएर तिहारको मौका छोपी ति युवालाई पोर्तुगल पठाएको थियो। साथै आयोजकलाई समेत झुटो जानकारी गराएर लाखौं रुपैया असुल गरेको थियो । अहिले उनलाई झुक्याएर ठग्ने सुमन कार्की फरार छ । कार्कीका ९८५१०२६४२९, ९८१३७४१८७० मोबाईल नम्बर बन्द छन् । साथै कार्की बाहेक अन्य विमन कार्की र उपेन्द्र थापा भन्ने दुई जना दलाल समेत यो अपराधमा संलग्न रहेका छन्।
कार्कीले दिपक र आस्था बाहेक आयोजकलाई समेत झुक्काएर ति ४ जनालाई पोर्तुगल पुर्याउन सफल भएपनि ति सबै माथि आयोजकले मुदा चलाएको छ । उनिहरु माथि ठगी लगायत तुरुन्त प्रकाउ गरी अध्यागमन कानुन अनुसार देश फिर्ता गराउने मुद्दा दायर गरेको छ । आयोजकले दलाल सुमन कार्की र विमन कार्की माथि समेत मानव तस्करको आरोपमा मुद्दा चलाएको छ भने दिपक र आस्था माथि पनि सम्बन्धित राजदूतावासलाई कारबाही गर्न सिफारिस गरेको छ । यसको बारेमा बुझ्ने प्रयासमा दिपक र आस्थालाई फोन गर्दा संपर्क हुन सकेन ।
सुमन कार्कीले यसअघि पनि नेपाली साकिराको उपाधि पाएकी गायिका इन्दिरा जोशी ठगेको थियो । इन्दिराले हनुमानढोका प्रहरीमा उजुरी दिएपनि पछि मिलोमतोमा मुद्दा फिर्ता लिएको थिईन । उता हनुमानढोका प्रहरीले यस्तो अवस्थामा कार्की माथि उजुरी दिएमा तुरुन्त प्रकाउ गरेर सोही अनुसार मुदा चलाई सक्दो सजाय दिईन सकिने बताएको छ ।
अहिले पोर्तुगल पुगेका ति चार जना अहिले डिप्रेसनको सिकार भएका छन् । नेपालमा गएर के गर्ने भन्ने चिन्तामा छन् ।
पोर्चुगलको वास्तविकता
युरोपेली संघको सदस्य भएको नाताले युरो मुद्रा चल्ने पोर्चुगल क्याथोलिक क्रिस्चियन बाहुल्य लोकतान्त्रिक मुलुक हो। सन् १९९६ देखि पोर्चुगलमा नेपालीको बसोबास सुरु भएको हो। ब्राजिल, मोजाम्बिक, भारतको गोवा, अंगोलालगायत विभिन्न मुलुकको औपनिवेशिक राज्य भए पनि आर्थिक रूपमा कमजोर भएकाले विदेशी कामदार र लगानी भित्र्याउने खुला बजार नीतिअन्तर्गत प्रवासीहरूका लागि ढोका खोलिएको हो।
राणा खलक र सम्भ्रान्त नेपालीहरूको पहुँच पुग्ने युरोप आउजाउ २०४७ सालको क्रान्तिपछि नेपालीका निम्ति सहज बन्न पुगेको हो। जर्मनी, बेल्जियम, डेनमार्कजस्ता धनी मुलुकमा पढ्न, घुम्न र तालिममा आउने नेपाली स्थायी रूपमा बस्न पोर्चुगल आउने क्रम बढेपछि नेपालीको बसाइ बाक्लिन थालेको हो।
१२ वर्षे द्वन्द्वकालमा नेपालीहरू युरोप प्रवेश क्रम ह्वात्तै बढेपछि कानूनी रूपमा वैध हुन पोर्चुगल भित्रिनेहरूको संख्या पनि बढेको हो।
पोर्चुगलका महावाणिज्यदूत मकरबहादुर हमालका अनुसार तुलनात्मक रूपमा अन्य देशका भन्दा नेपालीहरू काममा मिहिनेत गर्ने, अपराध कर्ममा संलग्न नहुने भएकाले नेपालीहरू पोर्चुगिज समाजमा असल मानिसका रूपमा परिचित छन्। विभिन्न व्यवसायमा संलग्न भएर पनि नेपालको परिचय बढेको छ। राजधानी लिस्बनमा रेस्टुरेन्ट व्यवसायमा लाग्नेहरूले नेपालको चिनारी बढाएका छन्। त्यसबाहेक नेपालको हस्तकला, वास्तुकला र पहाडिया कागजले पनि हाम्रो उत्पादनसँगै देशलाई चिनाएको छ।
कानुनी रूपमा पोर्चुगलमा वैध हुने तरिका उति साह्रो गाह्रो छैन। युरोपेली संघका २७ देशमध्ये कुनै एक देशमा वैधानिक रूपमा प्रवेश गरेको भिसा र पोर्चुगल प्रवेश गरेको जल, स्थल वा हवाई साधनको टिकट हुन जरुरी छ। आउनेबित्तिकै कर कार्यालयमा दर्ता भएपछि काम खोज्न सकिन्छ। ६ महिनासम्म कर तिरेपछि सामाजिक सुरक्षाको कर विवरण भरेर वैध हुन पाउँ भनी निवेदन दिन सकिन्छ।
गृह मन्त्रालयले आवश्यक जाँचबुझ गरेपछि, नेपालमा अपराध नगरेको प्रहरी सिफारिस पत्र र कर कार्यालयले प्रमाणित गरेको कागज भएपछि बस्ने अनि काम गर्ने कागज पाइन्छ। यो कागजले नेपाल आउन-जान, युरोपेली संघका अन्य मुलुकमा घुम्न र यही व्यापार व्यवसाय गर्न खुला हुन्छ।
विभिन्न म्यानपावरहरूमार्फत् आउने प्रक्रिया भने फरक छ। विभिन्न कम्पनीहरूलाई कामदार आवश्यक परेको पोर्चुगिज सरकारबाट प्रमाणित गरेर नेपालका म्यानपावरहरूसँग समन्वय गरी नेपाली कामदार मगाउने क्रम बढिरहेको छ। यसरी नेपालमै भिसा र आवासीय कार्ड बुझेर आउनेहरू धेरैजसो खेतीपातीमा संलग्न छन्। यसरी नेपाली पठाउने पेसामा इजरायल, पोर्चुगल र नेपालका केही दलाल संलग्न छन्।
‘सुरुमा ५ लाखमा आउँथे। अहिले १८ लाखसम्म तिरेर आउने गरेको सुनिएको छ,’ पुराना व्यापारीसमेत रहेका कन्सुलर हमाल भन्छन्, ‘युरोपमा पुग्न सके कमाइन्छ भन्ने सोचाइले यसरी आएकाहरू बिचल्लीमा परेर हामीसँग गुहार माग्छन्। कतिले तलबै नपाउने र अत्यधिक श्रम गर्नु परेको गुनासो गर्ने गर्छन्।’
[wds id=”1″]