हङकङमा प्रहरीलाई चक्कु देखाएको आरोपमा भारतीय नागरिक पक्राउ

फाइल तस्विर

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ नोभेम्बर । हङकङमा सोमबार राति एक भारतीय नागरिक पक्राउ परेका छन्। युन लङको टुङ लोक स्ट्रिटको एउटा साँघुरो गल्लीमा राति करिब ११ बजे प्रहरीले शंकास्पद व्यक्तिलाई जाँच गर्न खोज्दा उनले चक्कु निकालेर धम्की दिएका थिए।

-

नर्थ न्यू टेरिटरीज ट्याक्टिकल युनिटका अधिकारीहरूले ती व्यक्तिलाई देखेपछि नजिक गएर सोधपुछ गरेका थिए। जाँचका क्रममा अचानक आक्रोशित बनेका उनले झोलाबाट झन्डै १५ सेन्टिमिटर लामो फलफूल काट्ने चक्कु झिकेर प्रहरीलाई तर्साएका थिए।

मौखिक चेतावनीले काम नगरेपछि प्रहरीले हतियार ताकेका थिए र अन्ततः ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। पछि खानतलासी गर्दा उनको साथबाट थप १० सेन्टिमिटर लामो चक्कु भेटिएको थियो।

३० देखि ४० वर्ष उमेर समूहका ती भारतीय नागरिकलाई “आक्रमणकारी हतियार बोकेको” आरोपमा पक्राउ गरिएको छ। उनी अझै प्रहरी हिरासतमा छन्। घटनाको अनुसन्धान युन लङ जिल्ला अपराध शाखालाई हस्तान्तरण गरिएको छ। घटनामा कसैलाई चोटपटक लागेको छैन।





Comments

comments

134006