गृहमन्त्रीलाई पत्नी र भतिजाबाटै सिध्याउने खेल

आर्थिक रुपमा कुनै पनि विवादमा नमुछिएका गृहमन्त्री शक्ति बस्नेतलाई घरकी गृहमन्त्री र भतिजाले हुने नहुने काम लगाएर छिट्टै बद्नाम गर्ने भए भन्ने रिपोर्ट लाजिम्पाट पुगको छ । गृहमन्त्रीले पत्नी सत्या पहाडी र भतिजा मुक्ति बस्नेतलाई व्यापारी, बदनाम व्यवसायी, माफियालाई नभेट्नु भने पनि भतिजा बस्नेत र पहाडीको उठबस भने साँझ बिहान नै बद्नाम व्यापारीसँग हुने गरेको उजुरी परेको छ।

पत्नी पहाडीले ठूलाठूला व्यापारीलाई निवासमै बोलाएर भेट्ने र सीधै आइजिपी र मन्त्रालयका सचिवलाई फोन गरेर आफूले भनेको काम गर्न आदेश दिने गरेकी छन्। पार्टीले दिएका कामलाई गर्छु भन्ने तर, माखो नमार्ने भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड पनि गृहमन्त्री बस्नेतसँग सन्तुष्ट नभएको स्रोत बताउँछ । प्रचण्डले आफूनिकटकालाई शक्ति बस्नेतलाई गृहमन्त्रीभन्दा अरु नै मन्त्रालय दिएको भए हुने थियो कि भन्दै उनको भूमिकाप्रति असन्तुष्टि जनाउने गरेका छन् । मन्त्री बस्नेतका व्यक्तिगत सबै कुरा थाहा भएका बिए पाससमेत हुन नसकेका आलाकाँचा भतिजा मुक्तिले त्यही कमजोरी पत्ता लगाएर मन्त्रीलाई घुमाएको चर्चा पनि यतिबेला पेरिस डाँडामा छ।

यस्तै, मन्त्री बस्नेतका भतिज मुक्ति बस्नेतको आजभोलि बास नै आइजिपी वन्तकोमा हुने गरेको सशस्त्र प्रहरी स्रोत बताउँछ । मुक्तिले हिजो माओवादी कमजोर हुँदा सहयोग गर्ने वन्त नै भएको र वन्त जस्तो राम्रो मान्छे कोही नभएको भन्दै पार्टीका नेता र मन्त्रीलाई सुनाउने गरेको माओवादी वृत्तमा चर्चा छ । आरआरमा पढिरहेका मन्त्री बस्नेतका भतिज मुक्ति गृहमन्त्रीमा शक्ति बस्नेतको नियुक्तिसँगै उनको आर्थिक हेसियत बलियो भएको चर्चा लाजिमपाटमा गर्न थालिएको छ । मुक्ति आजभोलि भाटभटेनी सुपरमार्केटतिर बजार गर्नमा व्यस्त हुने गरेको चर्चा पनि छ। उनी महँगा मोबाइल सेटहरु बोकेर हिँड्ने गर्छन्। मुक्ति बस्नेतले दाइलगायतलाई उपहार पाएको मोबाइल बाँड्न थालेको चर्चा पनि छ। आजको साँघु साप्ताहिकमा खबर छ।

गृहमन्त्रीमा शक्ति बस्नेत हुन भन्दा अगाडि दैनिक खर्च धान्न धौ धौ हुने मुक्तिको फुर्तिफार्ती देखेर साथीभाइहरु समेत जिब्रो टोक्न थालेका छन्। मुक्ति जाजरकोटमा आफन्तले चुनावमा सहयोग नगरेको भन्दै उनीहरुका काम नगर्न पनि मन्त्री बस्नेतलाई कुरा लगाउने गरेपछि शक्तिका आफन्त पनि उनीसँग चिढिएको बताइन्छ। यति एयर लाइन्सका मालिक आङछिरिङलाई सूर्य गुरुङले मन्त्री र मन्त्री पत्नीनिकट पुर्याएर कमिसनको खेतीपातीमा हात बढाएको रिपोर्ट पनि लाजिम्पाटमा पुगेको बताइन्छ । एमाओवादीमा राम्रो भविष्य भएका नेताका रुपमा हेरिएका बस्नेतलाई आफ्नै आफन्तले बदनाम बनाउने काम गरिरहेका छन्।





Comments

comments

Leave a Reply

9940