Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डिसीमा सत्य स्वरुप सांगीतिक साँझ भव्यताका साथ सम्पन्न (फोटोफिचर)

विजय थापा/ एचकेनेपाल डट कम –
वाशिंगटन डिसी, डिसी महानगर क्षेत्रको भर्जिनीयाको हर्नडनमा सत्य स्वरूप साङ्गीतिक साँझ भव्यताका साथ सम्पन्न भयो। डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायको पहल तथा आयोजनामा सम्पन्न कार्यक्रममा सत्य स्वरूपसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।

सांगीतिक साँझ हेर्न बिभिन्न डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। उक्त सांगीतिक साँझ कार्यक्रममा स्थानीय कलाकारहरु ,अनुपमा प्रसाई ,नविन केसी ,लुना श्रेष्ठ ,खेम संग्रौला ,श्याम सुन्दर तथा सौजन संग्रौलाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

सत्यराज आचार्यले दुई वटा आफ्ना पिता भक्तराज आचार्यका गीत गाएका थिए। उनले डिसीको कार्यक्रम २७ औ भएको उनले वताए। उनले अमेरिका २२ औ देशको यात्रा भएको जानकारी साथ आफ्ना पिताको नाममा भक्तराज आचार्य संगीत प्रतिष्ठान को २०६६ मा स्थापना गरेको वताए। उक्त प्रतिष्ठानले कलाकारलाई सम्मान गर्ने गरेको वताए। दुवै दाजुभाईले गजल , युगल ,एकल तथा पिताका गीत गाएका थिए।

सुमधुर स्वरका धनी सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। दर्शकले मन थाम्न नसकेपछि दाजुभाइको गीतमा मंच अगाडि दर्शक खुव नाचेका थिए। अन्तिम गीत क्रिकेटलाई समर्पित गरेका थिए।

आयोजकको तर्फवाट मञ्जु संग्रौलाले धन्यवाद दिएकी थिईन् भने राजदूत डा. अर्जुनकुमार कार्कीले सत्यराज आचार्य तथा स्वरूप आचार्य पुरस्कार वितरण गरेका थिए। अन्य कलाकारहरूलाई पनि राजदूतले सम्मान पत्र वितरण गरेका थिए।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

9943