रमेश खड्का /दुबई, नेपाली सांगीतिक जगतमा प्रबासबाट आफ्नो भबिष्य खोज्दै गरेका उदयिमान गायक क्षितिज चिन्तन केही दिन यता अति व्यस्त देखिन्छन्।
भर्खरै मात्र गायक क्षितिजको आफ्नै शब्द संकलन र आवाजमा रहेको नयाँ गीत ‘’धराने केटी हो धराने केटी’’ बोलको गीतको छायांकन युएईका बिभिन्न रमणीय स्थलहरुमा गरि सकेका छन्।
“परदेशबाट,”मायालु तिम्रो” जस्ता गीतहरुको सफलता पछि पूर्बी नेपालको बिशेष गरि धरान, इटहरी लगायतका शहरहरुमा बढ्दै गरेको युवापुस्ताहरुको फेसन शोलाई मध्यनजर राखेर तयार पारिएको उक्त गीतमा इटहरीका झिल्ले केटाहरुले धराने केटीलाई माया जालमा पार्न कोशिस गएको प्रसंगलाई सटिक तरिकाले देखाउन खोजिएको छ।
निसाध रेकड़िंग सेन्टर इटहरी बाट रेकर्डिङ गरिएको उक्त गीतको छयांकन पक्ष सबै पूरा भै हाल सम्पादनको अन्तिम अवस्थामा रहेको जानकारी भिडियो उत्पादनको जिम्मा लिएको आटिस जक्सन नामक कम्पनीले बताएको छ।