साइप्रसमा नेपालीहरुको सांगीतिक धमाकाको तयारी पूरा

साइप्रसमा नेपालीहरुको सांगीतिक धमाकाको तयारी पूरा
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
आगामी सोनाम ल्होसार तथा भ्यालेंटाइन डेको अवसर पारेर ब्रिटिश गोर्खा फेमिली साइप्रसका सुरेश कुमार परियार ,सुरेन्द्र तम्लिंग ,गौतम गुरुङ , गोबिन्द सिरिश ,जुग प्रसाद जुग्जेली , भिमराज गुरुङको संयुक्त आयोजनामा तथा सिल्भर इन्टरटेनमेन्ट नेपालको ब्यस्थापनमा आयोजना हुन लागेको “नेपालिज धमाका -२०१६” को सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी प्राप्त भएको छ।

नेपाली कन्सुलेट डा. रामजीवन पंजियारको प्रमुख अतिथ्य तथा एनआरएन साइप्रसका अध्यक्ष सुभास मल्ललगायतको आतिथ्य रहने कार्यक्रमलाई अहिलेसम्मकै भब्य र सभ्य बनाउन लागिपरेको आयोजक कमिटिका सुरेश कुमार परियारले जानकारी दिनुभयो।

“ प्रथम पटक साइप्रसमा सर्वाधिक चर्चित गायक राजेशपायल राईको गरिमामय प्रस्तुति हुने खबरले यहाँ रहने संगीतप्रेमी महानुभावहरु अत्यन्त उत्साहित हुनुहुन्छ “ कार्यक्रम साइप्रसको सेन्ट जर्ज हलको बिशाल भवनमा आयोजना हुने जानकारी दिनुभयो।

कार्यक्रम हेर्न आउनुहुने दर्शकहरुको सुबिधा व्यवस्थालाई मध्ये नजर गर्दै यातायातको समेत ब्यव्स्था गरिएको तथा मनोरन्जनका लागि टिकटमा बिभिन्न उपहारहरुसमेत राखिएको आयोजक परियारले जानकारी दिनुभयो।

राजेशपायल राई र मौसमी गुरुङसंगै साइप्रसमा रहने स्थानीय नेपाली प्रतिभाहरुको समेत प्रस्तुति रहने कार्यकर्ममा डिजे जेजे ले सांगीतिक कार्यक्रमपछिको स्टेज तताउने जिम्मा लिएका छन्।


Watch Upcoming Event Promo Video

साइप्रसमा राई इज किङको भ्यालेन्टाइन र ल्होसार

संसारकै चर्चित पर्यटकीय देशको रुपमा परिचित साइप्रसमा नेपालीहरु पढाई तथा कामको सिलसिलामा रहेका छन्।

बिस्तारै बाक्लिदै गरेको नेपालीहरुको मनोरन्जनका लागि ब्रिटिश गोर्खा फेमिली साइप्रसका सुरेश कुमार परियार ,सुरेन्द्र तम्लिंग ,गौतम गुरुङ , गोबिन्द सिरिश ,जुग प्रसाद जुग्जेली , भिमराज गुरुङको संयुक्त आयोजनामा तथा सिल्भर इन्टरटेनमेन्ट, नेपालको ब्यस्थापनमा आगामी फेबु्अरी १४ तारिख आइतबारको दिन साइप्रसको लिमसोलमा भब्य सांगीतिक कार्यकर्मको आयोजना हुदैछ।

“नेपालिज धमाका -२०१६” नाम दिइएको उक्त कार्यक्रममा अहिलेको नेपाली संगीत क्षेत्रका बहुचर्चित गायक राजेशपायल राईको बिशेष प्रस्तुति रहने कार्यकर्ममा चर्चित गायिका मौसमी गुरुङ पनि राजेशपायल राईसंगै नेपालबाट आफ्नो प्रस्तुति दिन आउदैछिन्। राजेशपायल राई र मौसमी गुरुङसंगै साइप्रसमा रहने स्थानीय नेपाली प्रतिभाहरुको समेत प्रस्तुति रहने कार्यक्रममा डिजे जेजेले सांगीतिक कार्यक्रमपछि बिभिन्न डान्सिङ नम्बरहरुले स्टेज तताउने छन्।

मलेसियामा फेबु्अरी ७ देखि ९ सम्म हुने तीनवटा कार्यक्रमलगतै राई इज किङ – राजेशपायल राई साइप्रस आउदै छन्। देश बिदेशका कन्सर्टहरुमा अत्यधिक व्यस्त राजेश पायल पहिलो पल्ट साइप्रस आउन लागेकोले र साइप्रसमा भएको कार्यकर्महरुमा पछिल्लो तथा चौथो “नेपालिज धमाका -२०१६” लाई बिशेष बनाउन आयोजकहरु लागिपरेका छन्। अघिल्ला कार्यक्रमहरु भन्दा बिशेष तथा नेपालीमय बनाउन कुनै कसर नछाड्ने आयोजकले जनाएको छ।

तामांगहरुको महत्वपूर्ण चाड सोनाम ल्होसारको अवसर पारेर तथा आइतबारको सार्वजनिक बिदाको दिन पारेर आयोजना हुन लागेको “नेपालिज धमाका -२०१६” पूर्णत नेपालीपन , नेपाली संस्कृति , नेपाली संगीतको मज्जा साइप्रसवासी नेपालीहरुले लिने मौका पाउनुहुने बताउंदै समय समयमा आयोजना हुने यस्ता बिशेष कार्यक्रमले नेपालीहरुको एकताको संदेश जाने आयोजक मध्येका सुरेशकुमार परियारले बताउनुभयो। उक्त कार्यकर्ममा जी सी सी रेमिट र युनीस्ट्रिम मनि ट्रान्सफरको प्रयोजन रहेको छ।

अर्का आयोजक सुरेन्द्र तम्लिंगले सम्पूर्ण साइप्रसवासी नेपालीहरुलाई कार्यकर्ममा उपस्थित भएर कार्यकर्मलाई भब्य रुपमा सफल बनाउन आग्रह गर्नुभएको छ।





Comments

comments

Leave a Reply

10876