Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
एमआरपी निर्माणमा चरम लापरवाही, एउटाको राहदानी अर्कैको फोटो – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमआरपी निर्माणमा चरम लापरवाही, एउटाको राहदानी अर्कैको फोटो

टीका राना / एचकेनेपाल डट कम-
बाग्लुङ, २२ असार। सन् २०१५ को अक्टोबर २४ सम्ममा विश्वभरमा एमआरपी लागू गरी सक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठनको नियमअनुसार नेपालमा पनि सरकारले हस्तलिखित पासपोर्टहरुलाई बिस्थापित गर्दै नागरिकहरुलाई एमआरपी पासपोर्ट लिन उर्दी जारी गरे पश्चात एमआरपी लिनेको घुइचो लागेको छ।

आफ्नो पासपोर्टमा म्याद हुँदा हुँदै पनि अर्को राहदानी बनाउनु पर्ने, नयाँ बनाउदा फेरी पुरै शुल्क तिर्नु पर्ने जस्ता हैरानी त जनताले सामान्य रुपमा लिइ सके त्यसका साथ् साथै राहदानी बिभागका कर्मचारीहरुको लापरवाहीका कारण अनेक सास्ती झेल्नु परेको छ। कहिले एउटाको नाम अर्काको बाबुको नाम, कहिले नाम थारमा स्पेलिङ बिगार्नु, राहदानी बितरणमा ढिलाई गर्नु, आफ्नो राहदानीमा भएको गल्तीलाई देखायो भने उल्टो कर्मचारीबाट गाली गलौज सहनु पर्ने समस्याले जनताहरु आजित छन। यस्तै भएको छ बाग्लुङ – पैयुँ थन्थापका देबेन्द्र रानालाई।

एउटाको राहदानी अर्कैको फोटो
बाग्लुुङ जिल्ला पैयू थन्थाप वडा नं. सात बस्ने देबेन्द्र रानाले करीब एक महिना अघि कारीब १० घण्टाको पैदाल यात्रा गरेर एमआरपी अर्थात मेसिनले पढ्न सक्ने राहादानी बनाउन जिल्ला प्रशासन कार्यालय बाग्लुुङमा आबेदन दिएका थिए। राहदानी बनाउन चाहिने सबै कागजात जस्तै फारम, पासपोर्ट साइजको फोटो पेस गरेर फर्केका थिए। एक महिनापछि उनलाई राहदानी लिन जिल्ला प्रशासनले बोलाई राहदानी लिन गए। तब थाहा भयो उनको राहदानीमा अर्कैको फोटो थियो।

नेपालमा सरकारी तह मै हुने लापरबाही र कमजोरी कानुुनका कारण आम जनताले धैरै सास्ती बेर्होन बाध्य भएका छन्। सरकारी तहबाटै आम जनतालाई एमआरपी राहादानी बनाउन दबाब दिइदै आइरहेको अवस्थामा सरकारी तहबाटै विभिन्न लापरबाही हुने गरेको छ।

आफनो राहदानीमा अर्कौका फोटो देख्दा उनी स्वयं आश्चार्य परेको देबेन्द्र रानाले बताए। आफनो फोटोमा अरुको फोटो किन राखियो भन्ने प्रश्न गर्दा बाग्लुुङ जिल्ला कार्यालयका सम्बन्धित क्रमचारीले आफनो गल्ती अस्वीकार गरेको देबेन्द्र रानाले बताए। सम्भवतः उनको फोटो अर्काे मान्छेको राहदानीमा छापिएको हुुन सक्छ। यस्ता लापरबाहीले गर्दा जनताले धैरै सास्ती भोग्नु परेको छ। कहीँ नभएको जात्रा नेपालमै हुने गरेको छ।

सरकारले एमआरपी राहदानी यही नोमेम्वर २०१४ सम्ममा बनाउनु पर्ने भनेर सबैलाई दबाब दिदैँ आएको छ। तर सरकार र सरकारी क्रमचारीको काम गर्ने प्रक्रियामा कुनै परिर्वतन आएको पादैँन। देबेन्द्र राना आफनो राहदानी लिनका लागि करिव १० घण्टा यात्रापछि बाग्लुुङ सदरमुकाम पुगेका थिए। बर्खा यामको लामो र जोखिम यात्रा गरेर राहदानी लिन पुगेका देबेन्द्र रानाले बताए। नेपालका सरकारी वा गैरसरकारी क्रमचारीद्धारा हुने यस प्रकारका लापरबाहीबाट बाँच्न नेपाली जनता आफैमा सचेत हुन जरुरी देखिन्छ।





Comments

comments

376