ओलीले कुर्सी छाड्नासाथ सेनाको ‘अर्थपूर्ण’ अभिव्यक्ति

प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गम्भीर अर्थ लाग्ने अभिव्यक्ति दिएका छन् ।

उनले मुलुकको पछिल्लो राजनीतिनक परिस्थितिलाई नेपाली सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा जुनसुकैखाले चुनौती सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए ।

एक संस्थाले नेपाली सेनालाई गमला हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त अभिव्यक्ति दिनु एक दिनअघि आइतबार प्रधानसेनापति झन्डै एक घण्टा सेनाको परमाधिवति रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मुलुकको पछिल्लो राजनीति र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेको स्रोतले बतायो ।

अहिले तरल राजनीतिक अवस्थामा संविधानविरोधी आन्तरिक र बाह्य शक्तिले मुलुकको सार्वभौमिकता, एकता र राष्ट्रिय सुरक्षामा औँल नठड्याऊन् भन्ने उद्देश्यले प्रधानसेनापतिको अभिव्यक्ति आएको सैनिक स्रोतले बतायो । अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।





Comments

comments

Trending Now : विद्युतीय चुल्हो प्रवर्द्धन गर्दै सरकार
13630