लेखक

वाई वी तमू –
लिस्बन, पोर्चुगल
पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि बिगत २ वर्ष पहिलेदेखि आवाज उठान गरिएको थियो । तत्कालिन एनआरएनए पोर्चुगलका अध्यक्ष रमेश कुमार गुरुङको दोस्रो कार्यकालको अन्त्य तिर पोर्चुगलमा नेपाली दूतावास स्थपनाका लागि झिनो आवाज पोर्चुगलको नेपाली समुदायमा उठान गरिएको थियो तर उक्त आवाज सम्बन्धित निकायमा पुगेको कही कतै पत्तो भएन पनि र कतै छापा र अनलाईनहरुले पनि चासो दिएनन् वा पोर्चुगलको नेपाली समुदाय र खास व्यक्तिहरुको भिडमा मात्र हरायो केही पत्तै भएन।

शिर्षकमा भनिए अनुसारको सहज उत्तरका लागि यसको पृष्ठभुमि केलाउनु जरुरी ठान्दछु।

२००६ देखि स्थापना भएको एनआरएनए राष्ट्रिय समन्वय परिषद पोर्चुगलको १० औ बर्ष पुरानो इतिहास छ तर यो सस्था इतिहासका बारेमा लेख्नै पर्ने र उल्लेख नगरे पछुतो लाग्ने कही कतै ठाउँ छैन।

१९९४मा कुमार श्रेष्ठ पोर्चुगल आउने पहिलो ब्यक्ति हुन् भनेर जवर्जस्ती दावी गर्छन् त्यस पश्चात, १९९६-९७ को शुरुमा मकर बहादुर हमाल,रमेश कुमार गुरुङ, लक्षिमी सापकोटा लगायतका व्यक्तिहरु आएको उनीहरु नै बताउछन्।

यसरि १९९४ देखि २००० सम्म नेपालीहरु औलामा गन्नेबाट सयौँको संख्यामा परिणत भए पोर्चुगलमा । २००० देखि २००७को अन्त्यसम्म करीव सयबाट नेपालीहरुको संख्या केही हजारमा पुगेको अनुमान गर्छन यहाका पुराना नेपालीहरु।

२००७ देखि २०१० सम्म केही हजारबाट ३-४ हजारको अनुमान गर्थे यहाँका नेपालीहरु भने २०१० देखि २०१६ सम्म आइपुग्दा पोर्चुगलमा नेपालीहरुको जनसंख्या २० हजार पुगेको अनुमान गरिन्छ यस सम्बन्धी डाटा निकाल्ने भनेर एनआरएनए, पोर्चुगल तथा लिस्बोनका लागि नेपाली अवैतनिक बाणिज्यदूतको कार्यालयले संयुक्त अभियान पनि थालेको कुरा सामाजिक संजाल मार्फत जानकारी दिइएको थियो त्यसका बारेमा कहिँ कतै हल्ला चलेको छैन अहिले।

यसरी पछिल्लो ६ बर्षको अबधिमा पोर्चुगलमा नेपालीहरु सरदर दैनिक ६ जनाका दरले भित्रिने गरेका छन्।

एनआरएन, पोर्चुगलको स्थापना २००६ मा भयो पहिलो अध्यक्ष पूर्ण बहादुर हमाल (२००६ -२००८ ), त्यस पश्चात २००८ देखि २०१० सम्मका लागि लक्षिमीप्रसाद सापकोटा (दुई-दुई पटक नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्ष भै सके ।),२०१० देखि २०१२ सम्मका लागि रमेश कुमार गुरुङ, २०१२ देखि २०१४ सम्मका लागि पुनः रमेश कुमार गुरुङले एनआरएनए, पोर्चुगलको जिम्मेवारी बहन गरेका थिए भने २०१५ देखि २०१७ सम्मका लागि भिम केसी कमलले ज्जिम्मेवारी लिएका छन् यद्दपि उनको कार्यकाल पनि अब केही महिना भित्र सकिदै छ।

अवैतनिक बाणिज्यदूत मकर बहादुर हमाललाई लिस्बोनका लागि अवैतनिक बाणिज्यदूत नियुक्तिका लागि तात्कालिन एनआरएनए अध्यक्ष रमेश कुमार गुरुङलगायत एनआरएन टिमले ठूलो भूमिका खेलेको थियो।

यहा निर सोध्न खोजिएको के भने यदि पोर्चुगलमा संख्यात्मक रुपमै २०१० -२०१२ सम्म करीव १० हजारको हराहारीमा थियो भने त्यति बेला किन राजदूतावासको माग गरिएन ?के त्यति बेला दूतावासको आबश्यकता महसुश गरिएको थिएन वा आबश्यकता थिएन? वा सम्बन्धित सरोकारवालाहरुको इच्छा शक्ति थिएन? यसको जबाफ कसले दिने ? रमेश कुमार गुरुङ्गले दिने, पुर्ण बहादुर हमालले दिने कि लक्षिमी प्रसाद सापकोटाले दिने?

पोर्चुगलका लागि पहिलो नेपाली बाणिज्यदूत मारिया तेरेजा दि मातोस मार्ता दा क्रुज हुन् । उनि पोर्चुगलको राजधानी भन्दा करिव ३०० किलोमिटर टाढाको पोर्चुगलको दोस्रो ठूलो शहर पोर्तोमा बस्थिन र उतै बाट कार्य सम्पादन गर्दै थिइन्।

नेपालीहरुको आगमन बढेसंगै अति आबश्यक पर्ने कागजातहरु प्रमाणित गर्नका लागि लिस्बोनबाट पोर्तो टाढा पर्ने भएकोले एनआरएनए पोर्चुगल २०१२-१४ रमेश कुमार गुरुङको कार्यकालमा लिस्बोनमा भएका नेपालीहरुको अति आवश्यक डकुमेण्टहरु प्रमाणीकरणका लागि पोर्तो लाने ल्याउने सहजकर्ताको रुपमा केही समय काम गर्यो यसरी यो क्रम करीव एक बर्षसम्म चल्यो।

राजधानी लिस्बनबाट पोर्तो टाढा भएको र हरेक दिन आउन जान समेत गाह्रो भएकोले आदिवासी जनजाति महासंघ पोर्चुगलले सहजकर्ताको भूमिका निर्वाह गर्ने भनि बाणिज्यदूत मारिया तेरेजासंग छल फल गरेर उनी आफू हरेक दिन लिस्बोन आउन नसक्ने भएको तर एक जना आफ्नो कार्यालय सहायकलाई हरेक हप्ताको ४ दिन लिस्बोन आएर आवश्यक सहयोग गर्ने एक आपसी सम्झौता भयो जस अनुसार २०१३ देखि बाणिज्यदूतको एकजना सहयोगी लिस्बोन आएर नेपालीहरुको आवश्यक कागजातहरु जन्म दर्ता,बिहे दर्ता,पुलिस रिपोर्ट,आदिमा मात्र प्रमाणित गर्ने काम शुरु भयो।

केही सहजता भयो लिस्बोनमा रहेका नेपालीहरुलाई तर आदिवासी जनजाति महासंघ,पोर्चुगलले गरेको यो प्रयासबाट मुर्मुरिएका यहाँका तत्कालिन एनआरएनए पोर्चुगलका पदाधिकारी लगायत अन्य आदिवासीहरुलाई नरुचाउने गिरोह सक्रिय बन्यो जसमा नेपाली कांग्रेससंग आबद्ध जनसम्पर्क समिति पोर्चुगलका पधाधिकारीहरु थिए भने उनीहरु इतर रहेका आदिवासी जनजातिका केही मानिसहरु पनि लागि परेक थिए कि जसरी हुन्छ मारिया तेरेजालाइ बाणिज्यदूतबाट हटाउने र आदिवासी जनजातीहरुले गरेको सहजीकरणलाई बदनाम गर्ने निक्कै तिकडमहरु पनि नगरिएको होइन।

सहजीकरणका लागि बाणिज्यदूतको सहयोगीसंग स्वयं पंक्तिकारले पनि सहयोग गरेको थियो।

यसरी लिस्बनबाट करीव ७-८ महिनासम्म बाणिज्यदूत मारिया तेरेजाले नेपालीहरुलाई सहयोग पुर्याईन भने सहजकर्ताका रुपमा आदिवासी जनजाति महासंघ पोर्चुगलले खेलेको भूमिका कसैले भुले पनि धेरैले सम्झने नै छन्।

यदि सस्थागत एकता र भाइचारा र बन्धुत्वलाई आत्मसात गर्ने हो भने २०१२ देखि नै पोर्चुगलमा “बाणिज्यदुत “को होइन राजदूतको आबश्यकता महशुस भएको थियो र गरिएको पनि थियो तर कसैले गरेको सानो सहयोगी भूमिकासंग इगो साच्नका लागि मात्र “लिस्बोनमा बाणिज्यदूत”को लागि मात्र लबिङ्ग गरियो जति बेला दूतावासको लबिङ्ग गरेको भए सायद अहिलेसम्म पोर्चुगलमा दूतावास भैसक्थ्यो आज स्पेनमा दूतावास स्थापना हुनु भनेको उनीहरु बीचको एकता भन्ने सिंगो संसारले बुझेको छ र त्यसरी नै हेरेको छ तर पोर्चुगल भने नेपाली एकताको कुरा गर्दा मुखमा एकता छ सारमा र भावनामा एकता छैन पटक्कै छैन।

यसरी दूतावासको माग गर्नु पर्ने ठाउमा “अवैतनिक बाणिज्यदूत”का लागि लबिङ्ग चल्यो मकर बहादुर हमालको नाममा जनसम्पर्क भित्र भने बाहिर देखिए एनआरएनए पोर्चुगलका तत्कालिन अध्यक्ष रमेश कुमार गुरुङ उनले पनि खुलेरै सहयोग गरे सस्थागत र व्यक्तिगतरुपमा करिव २ बर्ष लाग्यो नियुक्ति पाउन । २०१४ को अन्त्य तिर मकर बहादुर हमालले लिस्बन लागि अवैतनिक बाणिज्यदूतको पूर्ण जिम्मेवार पाए।

कति जुत्ता फाटे,कति पैसा खर्च भयो कुनै लेखा जोखा छैन कति दुख हण्डर पाए त्यसको पनि कुनै लिखत छैन तर आज उनै रमेश कुमार गुरुङ नेपाल सरकारको मन्त्रीले गरको “पोर्चुगलका लागि नेपाली पर्यटन दूत”का लागि अकर्मन्यताको शिकार बनिरहेका छन् हिजो आफैले त्यति बिध्न सहयोग गरेको सहपाठी बाणिज्यदुतको कारण उनले पाएको पर्यटन दुतको टिके पद निल्नु न ओकल्नु भएको छ ।

“न खाउँ त दिन भरिको शिकार ,खाउँ त कान्छा बाउको अनुहार” भएको छ पर्यटन दुतको पद उनका लागि भने कतिपय उनकै गाडि चढ्ने, उनीसंगै हात थाप्ने, उनलाई नै साथ् माग्नेहरु भित्र भित्रै निक्कै खुशी भएको अबस्था एकातिर छ भने अर्को तर्फ़ पर्दा पछि बसेर खेल्नेहरु पोर्चुगलमा धेरै छन् जसले गर्दा सोझो आदिवासी जनजातीको छोरोको यो हबिगत हुन् पुगेको छ भने आदिवासी जनजाती महासंघ पोर्चुगल भने कानमा तेल हालेर बसेको अबस्थामा छ सबै कुरा थाहा हुदा हुदै पनि कुनै बोल्ने आट गर्दैन, कुनै बिज्ञप्ति निकाल्दैन,आवाज निकाल्दैन ? अनि भन्छ आदिवासीहरुको हकहितका लागि गरिएको भनेर, भन्छ आदिवासी एकता हुनु पर्छ ? यस्तै लाचारी पन देखेर केही गर्ने आट नदेखेर नै यस्ता धेरै गम्भीर बिषयमा पछि परेका छन् पोर्चुगलका आदिवासी जनजातिहरु।

अरुलाई बोक्न हिड्ने आदिवासी जनजातीहरु आफ्नैलाई के भयो भनेर एक शब्द सोध्न सक्दैनन् अभियन्ताहरु कठै बरा! कहाँ निर चुक्यौँ हामी?

पोर्चुगलको ठूलो र भरोसायुक्त सस्था एनआरएनएन पोर्चुगल नै हुनु पर्ने हो तर त्यसो हुन् सकिरहेको छैन यो चाहे मान्नुस् या नमान्नुस् तर वास्तविकता र यथार्तता भने यही हो।

बिगतदेखि कांग्रेस इतरको अध्यक्ष भयो भने स्वीकार गर्ने अरु नै भयो भने स्वीकार नगर्ने परम्पराबाट ग्रसित छ एन आर एन पोर्चुगल त्यसो त अन्य देशका एनआरएनहरुमा पनि यो महारोग नभएको होइन तर पोर्चुगलममा भने इतिहास देखि नै त्यही रोग छ जुन सुकेलुतो जस्तो ” चिलाउनलाई कहिलै नछाड्ने कनाउन भने अरुनै चाहिने”अबस्था छ।

२००६ देखि २०१५ सम्मका सबै एनआरएनए पोर्चुगलको अध्यक्ष नेपाली कांग्रेस समर्थकहरु नै छन् । पूर्ण बहादुर हमाल, लक्ष्मी प्रसाद सापकोटा,र मेश कुमार गुरुङ (दुई पटक) भिम केसी कमल बहालवाला यी सबै नेपाली कांग्रेसका समर्थक हुन्।

पोर्चुगलका लागि बाणिज्यदूत मारिया तेरेजाले आफ्नो प्रतिनिधि मार्फत लिस्बनबाट कार्यसम्पादन गर्ने परिपाटी मिलाईन केही समय सहज बन्यो यहाका नेपालीहरुलाई।

तत्काल एनआरएनए पोर्चुगल र जनसम्पर्क समिति पोर्चुगलले हस्ताक्षर अभियान थाल्यो “लिस्बोनमा नेपाली नै बाणिज्यदूत”हुनु पर्छ भनि”। फ्रान्सका लागि तत्कालिन राजदूत महामहिम मोहन कृष्ण श्रेष्ठसमक्ष हस्ताक्षर बुझाइयो । लबिङ्ग त्यसरी नै गरियो जहाँ राजदूतको माग गर्नु पर्ने ठाउमा “बाणिज्यदूत”को माग गरियो । समय लागे पनि बाणिज्यदुत नियुक्तिका लागि त्यति सहज भने भएन नै तर जेहोस मकर बहादुर हमाल पहिलो नेपाली बाणिज्यदुत बनेको इतिहासमा नाम लेखाउन सफल भए संगै अहिले यहाका २० हजार नेपालीहरुले दुख पाउछन होला भनेर कसैले पनि सोचेका थिएनन तर भयो त्यस्तै उनले नियुक्ति त् पाए तर अधिकार पाएनन भने जस्तो आखिर अधिकार बिनाको नियुक्तिको के अर्थ भयो र सायद उनलाई पनि यो बिषयमा दुखेसो होला पक्कै।

२०१२ -२०१४ सम्म पोर्चुगलमा नेपालीहरुको संख्या उल्लेख्य भए संगै बिभिन्न क्षेत्रीय,पार्टिगत र जातिय सस्थाहरु थुप्रै खोलिए र सबैले एक एक नेतृत्व पनि गरे र गर्दै आएका पनि छन । पोर्चुगलको पुरानो सस्था भनेको एनआरएनए,पोर्चुगल,आदिवासी जनजाती महासंघ पोर्चुगल, अनेसास पोर्चुगल लगायत अन्य बिभिन्न संघ सस्थाहरु यी सस्थाहरु भनेका सामाजिक कार्यका लागि भनि पोर्चुगल सरकारको सम्बन्धित नियायमा अधिकारिक दर्ता समेत भैसकेका सस्थाहरु हुन् र यो सस्थामा आबद्द हुने र भएका पनि त्यही नेपालीहरु नै हुन् तर उनीहरु बीच आत्मिय सम्बन्ध भने कहिलै हुन् सकेन जसले गर्दा कुनै पनि सामाजिक सरोकारका बिषयहरु न त् सहि ढंगले उठान हुन्छ न त् समाधानको बाटो नै।

समाजको ऐनाका रुपमा काम गर्ने पत्रकारिता गर्नेहरु पनि भुल भुलैइयामा लागेकाले पनि ति प्रतिनिधिमुलक सस्था संचालकहरुलाई झकझाकाउने,प्रतिबाद गर्ने,सबाल जबाफ गर्ने,जबाफ देहिता बनाउन खोज्ने आदि जस्ता कार्यहरुसंगै सहजकर्ताको भूमिका निर्वाह गर्न नसक्नुका कारण यी सस्था संचालकहरु बीचको दुरी नजिक हुन् नसक्नु र बनाउने प्रयास नगर्नु नै पोर्चुगलमा “दूतावास स्थापना”हुन् नसकेको हो भने पछिल्लो चरणमा गरेका केहि प्रयासहरु पनि त्यति पेचिलो र दरिलो बन्न नसक्नु पनि दुतावास नबन्नुको दोस्रो कारण हो।

सम्पूर्ण नेपालीहरुका लागि मुख्य आवश्यकता केहो? कसरि ति आबश्यकता को सहज निराकरण गर्न सकिन्छ भन्ने जस्ता गम्भीर बिषयहरुमा कुनै पनि सस्थागत वा समुहगत छलफल, गर्ने अभ्यास अहिले सम्म गरिएको छैन जस्का कारण पनि दुतावास बन्न सकेन।

हामी सधै एकताका कुरा गर्छौ,तर सार्वजनिक बहसको वातावरण बनाउदैनौ, मुखले भन्छौ तर ब्यबहारमा ठिक उल्टो गर्यौँ जसको कारण दुतावास बनेन।

अर्को डरलाग्दो र उदेक लाग्दो कारण भनेको बिगतमा पोर्चुगलमा दुतावास हुनु पर्छ भनेर कुनै पनि संघ सस्था, पत्रकार, समाज सेवी, कसैले पनि कहिँ सार्वजनिक कुरा उठान गरिएन सामुहिक रुपमा अभियान स्वरुप अगाडि बढौ भनेर कहिँ कतै भनिएन एकाध कार्यक्रमहरुमा भाषण गर्दा बोल्दा बाहेक र केहि नेताहरु लाई भेट्दा बाहेक भित्रै बाट भने गरिएन जसले गर्दा पनि दुतावास पोर्चुगलमा बनेन।

बाणिज्यदूत मकर बहादुर हमाल स्वयंले यो पहल गर्ने कुरै भएन फेरी एनआरएन पोर्चुगलले पनि पछिल्लो पटक प्रयास गरेकै हो तर पोर्चुगलको शक्ति पुगेन एक व्यक्ति र सस्थाका एकाध पदाधिकारीको प्रायसमा हुने कुरा पनि भएन त्यसो त् यहि फेब्रुअरी २२ तारिक २०१७ का दिन नेपालका पराष्ट्रमन्त्रीको उच्चस्तरीय पोर्चुगल भ्रमण गरिने भनेको पनि बिनाकारण स्थगित गरिएको छ।

पोर्चुगलमा दुतावास नहुनाका कारण मध्ये नेपाल पोर्चुगल बीचको सम्बन्ध पुरानो भएपनि बाणिज्य तथा व्यापारिक सम्बन्ध भने शुन्य प्राय भएकोले र पोर्चुगलको तुलनामा स्पेन र नेपाल बिचको ब्यापारिक तथा बाणिज्य सम्बन्ध अलि बढि हुने गरेकोले पोर्चुगलमा भन्दा स्पेनमा दुतावास राख्न सहज भएको सरकारका परराष्ट्रमन्त्री डा, प्रकाश शरण महत नै बताउछन्।

अबको बाटो के ?
पोर्चुगलमा दूतावास त बन्न सकेन तर श्रम सहचारीसहितको बैतनिक बाणिज्यदूतावास स्थापना गर्ने सम्भावना प्रबल रहेको छ । यदि श्रम सहचारी सहितको अधिकार सम्पन्न बैतनिक बाणिज्य दूतावास स्थापनाको पहल गर्ने हो भने सहज र सजिलो छ तर यस कार्यका लागि पोर्चुगलमा रहेका बिभिन्न संघ संस्था तथा यहाँका पत्रकारहरु, आदिवासी जनजाति महसंघ एनआरएनलगायत बिभिन्न राजनीतिक दलमा आबद्ध भएका नेपालीहरुका संस्थागत नेतृत्वहरुबीच एक बृहत गोलमेच गरेर साझा अभियान स्वरुप पोर्चुगलको परराष्ट्र मन्त्रालय,नेपाली दूतावास, नेपाल सरकारलाई दबाब पुग्ने गरी आवाज एक बनायौँ भने यो सहज सम्भव छ तर यसका लागि आजैबाट अभियान शुरु गरौँ।



.















Comments

comments