काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको छ।
शुक्रबार बसेको आयोगको बैठकले थापालाई कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिने निर्णय गरेको हो।
यसअघि पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले बहुमतका आधारमा गगन थापालाई नयाँ सभापति चयन गरेको थियो। सोही महाधिवेशनको निर्णय र आवश्यक कागजातहरूको अध्ययनपछि आयोगले थापा नेतृत्वको कार्यसमितिलाई नै वैधानिकता दिएको आयोगले जनाएको छ।
आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसभित्रको पछिल्लो विवादले नयाँ मोड लिएको छ। थापा नेतृत्वको नयाँ कार्यसमितिले अब आधिकारिक रूपमा पार्टीको कामकाज सम्हाल्ने बाटो खुलेको छ।


