सुमार्गीको रकम फुक्का गर्न कसरत सुरु

चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रूपैयाँ निकाशा गर्न कसरत सुरू भएको छ।

सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए। अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिषद, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जिबी नेपालसँग पनि पटक पटक छलफल भयो। तर राष्ट्र बैंकले रोकेर राखेको रकम निकास गर्न भने सरकारले मानेन।

सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रूपैयाँ नेपाल भित्र्याएका थिए। उक्त रकम मध्ये ८ अर्ब रूपैयाँ पहिला नै निकासा भइसकेको छ। सुमार्गीले बेलाबेलामा साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्याण्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए। सुमार्गीले विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।





Comments

comments

Trending Now : के साँच्चै सलह खान हुन्छ त ?
18084