इलाम समाज यूके द्वारा ‘इलाम हाम्रो पहिचान’ नामक वृतचित्र सार्वजनिक

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –
केन्ट, बेलायतको अल्डरशटस्थित एम्पायर हलमा ”इलाम समाज यूके” ले “इलाम हाम्रो पहिचान” नामक वृतचित्र औपचारिक रुपमा सार्वजनिक गरेको छ।

ग्रेटर रशमूर नेपाली समाजका अध्यक्ष जीवा बेलाबासेको बिशेष आतिथ्य रहेको उक्त कार्यक्रममा ईलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरी र वरिष्ठ सल्लाहकार कमल राईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। इलाम समाजका कार्यसमितिका सदस्यहरु, बिशेष अतिथि र समाजका विशिष्ट सदस्यहरुको उपस्थितिमा वृतचित्र प्रदर्शन गरिएको हो। करिव दुई घण्टाको वृतचित्रमा समग्र इलामको साँगोपागोँ भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिक परम्पराहरु समेटिएका छन्।

वृतचित्र निर्माणमा उल्लेखनीय योगदान दिनुहुने डिल्ली कुमार गुरुङले इलामको परिवेशलाई चारै ऋतु र हरेक महिनामा मनाईने चाँडपर्व जस्ता महत्वपूर्ण कुरोहरु समाविष्ट गर्ने हेतुले सन २०१७ को जनवरीबाट छायांकन शुरु गरिएको थियो।

कर्म भूमी बेलायतमा जीवन ब्यतित गरिरहेका इलामेहरुको ऐक्यबद्धताको प्रतिकको रुपमा रहेको इलाम समाज बेलायतले आफ्नो गृह जिल्ला इलामको सम्झनालाई पुस्तौ पुस्ता जोगाईराख्न अनि इलामलाई विश्वब्यापी रुपमा अझै सशक्त ढंगले चिनाउने हेतुले यस वृतचित्र निर्माण गरेका हुन्।

वृतचित्रको निर्देशन, क्यामेरामेन र सम्पादनको काम सुरेश काफ्लेले गरेका छन् भने “इलाम हाम्रो पहिचान” बोलको गीतको शब्द संयोजन गीतकार मुकेश राईले गरेका छन साथै संगीत मन थुलुङ् र स्वर मन थुलुङ् र सुनिता थेगिमको रहेको छ।

वृतचित्र निर्माण समग्र बेलायतवासी इलामेहरुले आर्थिक सहयोग अनि स्पोन्सर गरेका छन्। वृतचित्रको प्रदर्शनपछि दर्शकहरुले अतिनै रोचक अनि आफ्नो गाउँ पुगेको अनुभूति दिलाउने बनेको प्रतिकृया दिए। कतिपयले आफ्नै जिल्लामा रहेर पनि छाँयाकंन गरिएको कुरोहरु थाहा नभएको र परदेशमा रहेर पनि यसरी यस् वृतचित्र मार्फत जान्न पाउँदा खुशी लागेको बताए।

अन्त्यमा इलाम् समाज बेलायतका अध्यक्ष गोपाल गिरीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै आउँदा दिनहरुमा यो वृतचित्र भिडियो इलामेहरुको निम्ती मात्रै नभई सम्पूर्ण नेपालीहरुकै निम्ती पनि गर्व महसुस गराउने दस्तावेजको रुपमा रहने कुरोमा आफु विश्वस्त रहेको बताउनु भयो। वृतचित्र निर्माणको लागि ऐक्यबद्ध भएर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आवश्यक सल्लाह अनि सहयोग गर्नुहुने सम्पूर्ण इलामेहरूप्रति आभर ब्यक्त गर्दै कार्यक्रमको समापन भएको थियो।





Comments

comments

Leave a Reply

23332