गोरेसँगको बयानले थप रहस्य…

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेसँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ।

बयान लिने काम विहीबार पनि जारी रहनेछ । गोरेसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभुमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ।

ढिलोढिलो थोरै थोरै बोल्ने गोरेसँग पहिलो दिन ६ पृष्ठको बयान लिइएको खबर नागरिक दैनिकमा छ।

गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत देखाएको स्रोतको दाबी छ।

पहिलो दिन बुधबार लिईएको बयानले घटनाका विषयमा थप रहस्य खोल्ने सम्भावना देखाएको छ, स्रोतले भन्यो।





Comments

comments

Leave a Reply

23352