डा. केसीले आज जुम्लामा अनशन बस्ने

डा. गोविन्द केसी शनिबारबाट अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्न माग गर्दै डा. केसी अनशन बस्न लागेका हुन् । उनको यो १५औँ अनशन हो।

यसपटक डा. केसी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने डा. केसीलाई अनशन बस्न रोक लगाएको खबर नयाँ पत्रिका दैनिकमा छ। शुक्रबारबाट नै अनशन थाल्ने पूर्वयोजना भए पनि बाटोमा समस्या भएका कारण शनिबारका लागि मिति सरेको हो।

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गर्न लागिएको भन्दै त्यसो नगर्न चेतावनीस्वरूप उनी अनशन बस्न लागेका हुन्।





Comments

comments

Leave a Reply

23842