सहारा हङकङले सुरु गर्यो हङकङमा फुटबल प्रशिक्षण कार्यक्रम

केशव पाठक / एचकेनेपाल डट कम –

हङकङ। सहारा हङकङले हङकङमा फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

यस कार्यक्रम अन्तर्गत साताको बिदाको दिनहरुमा ११ वर्ष उमेर समूहदेखि फुटबलमा रुची राख्ने युबाहरुलाई मध्येनजर गर्दै सहाराले यस्तो कार्यक्रम सुरु गरेको हो।

जुलाई २७ तारिखबाट सुरु गरिएको यो कार्यक्रमले बिदेशमा बस्ने नेपालीलगायत अन्य युबाहरुलाई फुटबल खेलमा आर्कषित गर्न र उनीहरुको प्रतिभामा थप निखारता ल्याउन सहयोग पुग्ने सहारा हङकङ्गका अध्यक्ष दिपक गुरुङले बताए।

पहिलो चरणको प्रशिक्षण कार्यक्रम अगस्त ११ तारिखसम्म जारी रहने प्रशिक्षक बिल तामाङले बताए। तामाङले एफसी फुटबलका बि लाइसेन्स तथा भारत एनआइएसबाट समेत प्रशिक्षकको सर्वोत्कृष्ट अंकमा उतीर्ण गरिसकेका छन । उनले विगतमा सहारा क्लबको प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेका छन्।

सहारा हङकङले फुटबलको प्रशिक्षण सुरु गरेपछि हङकङ्स्थित जि स्पोर्ट्स एकेडेमीले खेलकुद सामाग्री प्रदान गरको छ। एकेडेमीका निर्देशक एवं कार्यकारी अधिकृत हिम घलेले सहारा हङकङका अध्यक्ष दिपक गुरुङलाई फुटबललगायत सामाग्री हस्तान्तरण गरेका छन्।

प्रशिक्षण कार्यक्रम किङ जर्ज मेमोरियल पार्क र कोलुन पार्क फुटबल ग्राउण्डमा गरिने प्रशिक्षक तामाङले बताएका छन्।





Comments

comments

Leave a Reply

24219