बलात्कारीले भरिदै जेल: थपिदै छन्, बृद्ध पनि

बाँके । ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो । असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन् ।

नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ । सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइएको छ । ७८ वर्षका सब्जीबाजे कारागारको टहरामा पुग्दा ८० काटेका काल्चे दमाई र ७५ काटेका नैने दमाई त्यही थिए । यी दुईबीचमा आफूजस्तै कपाल फूलेका साथी सब्जीबाजे थपिए । काल्चे र नैने पनि ‘बलात्कार’ काण्डमा कारागार पुगेका हुन् ।

काल्चेले तीन वर्षअघि छिमेकी बालिकालाई घरमै बोलाएर जबरजस्ती गरेका थिए । आमा काम विशेषले छिमेकीको घरमा गएको बेलामा काल्चेले बालिकालाई जबरजस्ती गरेका थिए ।

साथीहरुसँग खेलिरहेकी बालिकालाई काल्चेले फकाएर आफ्नो घरमा लगेका थिए । यो घटनालाई मिलाउनका लागि काल्चेका तर्फबाट धेरै प्रयास भएको थियो । पीडित परिवारलाई ‘आर्थिक’ प्रलोभन देखाइएको थियो । बालिकाकी आमाले पैसाको प्रलोभन स्वीकार गरिनन् । अन्ततः काल्चे ६ वर्षका लागि कारागार पुगे । नैने पनि बलात्कार काण्डमा १० वर्षका लागि कारागारमा पुगेका छन् । यीनलाई जिल्लाले पाँच वर्ष सजाय तोकेकोमा पुनरावेदनले थप पाँच वर्ष थपिदिएको थियो ।

७० वर्ष काटेकालाई जेष्ठ नागरिक भन्ने गरिन्छ । सरकारले ७० वर्ष पुगेकालाई सम्मान स्वरुप भत्तासमेत दिने गरेको छ । सरकारी भत्ता खाने उमेरका बृद्धहरु बालिकालाई जबरजस्ती गरेर कारागारमा थपिदै गएका छन् । बृद्धको पञ्जामा साना बालिका नै परेका छन् किनकी उनीहरुले जवानलाई जबरजस्ती गर्ने आँट गर्न सक्दैनन् ।

कारागारमा रहेकाहरुले जेष्ठ नागरिकको सुविधा लिने प्रयास नगरेका होइनन् । कारागार प्रशासनमा कुरा आयो । त्यो माथि केन्द्रमा पठाइयो । तर, उनीहरुका बारेमा सुनुवाई भएको छैन । बालिका बलात्कारजस्तो जघन्य अपराध भएकाले कुनै निर्णय नआएको हुन सक्ने कारागारका अधिकारीहरु बताउँछन् ।

नाती–नातिनी खेलाएर घरमा सम्मानको जिन्दगी जिउने उमेरका बृद्धहरु आफै अपराध गरेर जेल बस्दा समाज उल्टोतिर गइरहेको देखाएको छ । बृद्धहरु अपराधी भएका छन् ।

नेपालगञ्ज कारागार बलात्कारीले भरिदै गएको छ । पछिल्ला हप्ता दिनभित्रै तीन जना कारागार पुगिसकेका छन् भने केही समातिएर अनुसन्धानको दायरामा छन् । जस्तो, नेपालगञ्जका ४६ वर्षका साइराम बाबा, कोहलपुरका १९ वर्षका हरुण भर्खरै कारागार चलान भएका छन् । सुस्तमनस्थिति भएकी १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय पक्राउ परेका छन् ।

नेपालगञ्ज कारागारका निमित्त जेलर श्याम लामिछानेका अनुसार, बलात्कारी थुनुवाहरु संख्याको हिसावले नेपालगञ्ज कारागारमा तेस्रो नम्बरमा परेका छन् । कारागारमा लागु औषध, कर्तब्य ज्यानपछि बलात्कारी थुनुवाको संख्याको अधिक रहेको छ । निमित्त जेलर लामिछानेले असोज १ गतेको तथ्यांकमा एक सय ५ जना बलात्कारी थुनुवा रहेको जानकारी दिए । उनले त्यसपछि पाँच जनाबढी थपिएको बताए । नेपाल समाचारपत्रमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25150