श्रीपेच २९ गतेबाट प्रदर्शनीमा

बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटप्रुफ सिसाभित्र राखिएको श्रीपेचको पहिलो अवलोकन गर्ने भएका छन् । नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको खबर नेपाल समाचारपत्र छापिएको छ।

संग्राहलयको श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाएको मुकुट(टायरा), एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने भएको छ।

संग्राहलयको सुर्खेत र रुपन्देही कक्षमा ती सामाग्री राख्न लागिएको हो । पूर्वराजाले नारायणहिटी दरबार छाडेपछि श्रीपेचलगायतका सामाग्री वि.स.२०६५ जेठ २९ गते शैलुनमा राखिएको थियो।





Comments

comments

Leave a Reply

25244