ठगाहा ठेकेदारलाई गृह नै दियो उन्मुक्ति

जाजरकोट – गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको सूची माग्यो। स्थानीय प्रशासनले एक साता लगाएर विवरण तयार गर्यो र पठायो।

त्यसपछि सात महिना बित्यो । अहिलेसम्म त काम अगाडि बढ्यो, न त ठेकेदारलाई कुनै कारबाही भयो।

जाजरकोटमा काम नगर्ने १४ जना ठेकेदारको नाम नोसीसहितको विवरण असारमै गृह मन्त्रालय पठाइएको थियो । जीएम कन्स्ट्रक्सन काठमाडौँ, डाँफे विशाल जेभी सुर्खेत, फ्रेन्ड्स कन्स्ट्रक्सन प्रालि काठमाडौँ, मालिका निर्माण सेवा एन्ड सप्लायर्स र लोहनी एनड ब्रदर्स बाँकेले सम्झौता अवधि सकिएको लामो समयसम्म पनि काम अलपत्र छोडेका छन्। अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

26581