युरिक एसिड बढ्न नदिन यसो गरौं

– शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्ने गर्छ । तसर्थ खानपानमा विशेष ध्यान पु-याउनुपर्छ ।

– रातो मासु, सी–फुड, दाल, राज्मा, च्याउ, बन्दा, मटर पनिर, भिन्डीलगायत पदार्थको अत्यधिक सेवनले युरिक एसिड बढ्छ । यस्ता खानेकुरा ठिक्क मात्रामा मात्र खानुपर्छ।

– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । जसको माध्यमले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कियोस्।

– दैनिक भोजनमा करिब ५ सय ग्राम भिटामिन समावेश गर्न जरुरी हुन्छ।

– जबर्जस्ती कसरत गरेर तौल कम गर्दासमेत युरिक एसिड हुन्छ।

– अत्यधिक औषधिको सेवन, थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले युरिक एसिड बढ्छ । तसर्थ, यस्ता कुराबाट बच्न आवश्यक छ।

नयाँ पत्रिकामा स्वास्थ्यसम्बन्धी टिप्स छापिएको छ।





Comments

comments

26998