Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मन्त्री मगरको निर्देशन नमान्दा सचिब ठाकुर हटाइए, शर्मा आए – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

मन्त्री मगरको निर्देशन नमान्दा सचिब ठाकुर हटाइए, शर्मा आए

काठमाडौं, मेलम्ची ठेकेदारलाई समयमै भुक्तानी नगरेर आयोजनाको भविष्य अन्यौलमा पार्दै आएका विवादास्पद सचिव गजेन्द्र ठाकुरलाई सरकारले सरुवा गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिव ठाकुरलाई जगेडा समूहमा सरुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् स्रोतका अनुसार ठाकुरको ठाउँमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ। सहरी विकास मन्त्रालयका सचिव शर्मालाई त्यहाँबाट मन्त्रिपरिषदमा तानिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

त्यसअघि उनी खुला प्रतिस्पर्धाबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देक नियुक्त भएका थिए। खानेपानी मन्त्री बिना मगरले भुक्तानी नपाई काम छाडेको ठेकेदार सीएमसीसित वार्ता गरी उसैलाई काम गर्न दिलाउन दिएको निर्देशन अवज्ञा गरेपछि ठाकुर सरुवामा परेको स्रोतको दाबी छ।

मन्त्री मगरले नयाँ ठेक्कापट्टा गर्दा मुलुकलाई थप १० अर्ब रुपैयाँ घाटा पर्ने विश्लेषण गर्दै पुरानै ठेकेदारबाट बाँकी काम सम्पन्न गराउनुपर्नेमा जोड दिंदै आएकी थिइन्।

नयाँ ठेक्का गर्दा पुरानो ठेकेदार अन्तर्राष्ट्रिय अदालत (सिंगापुर) जाने त्यहाँबाट सरकारले सबै प्रकारका क्षतिपूर्ति गरी कम्तीमा पनि सात अर्ब रुपैयाँ हर्जाना तिर्नुपर्ने अवस्था आँकलन गर्दै पुरानैलाई निरन्तरता दिने निचोडमा पुगेकी हुन्।

यता पुरानो ठेकेदारको बाँकी भुक्तानी र मेलम्चीको मुहान (हेडवक्र्स) को काम सीमएसीलाई गर्न दिँदा एक वर्षभित्र मेलम्चीको पानी आउने संसदका विभिन्न समितिमा बताउँदै आएकी थिइन्।

सचिव ठाकुर भने जसरी हुन्छ पुरानो ठेकेदारलाई भगाएर नयाँ ठेक्का गराउने भन्दै सीएमसीले पाउनुपर्ने भुक्तानी रोक्दै आएका थिए। मेलम्ची बोर्डले ठेकेदारलाई भुक्तानी दिलाउने निर्णय गर्न राखेको बैठकमा बोर्ड अध्यक्ष एवं सचिव ठाकुर अनुपस्थित भए।





Comments

comments

Leave a Reply

26996