अष्ट्रेलियामा प्रदर्शनका लागि २७ लाखमा विक्री भयो ‘लभ स्टेशन’

काठमाडौं १ चैत। चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ।

यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो।

नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने चलचित्र लभ स्टेशनलाई सोही छेको पारेर बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ।

यसै क्रममा लभ स्टेशन चलचित्रलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ। लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन्। जापान लगायतका मुलुकबाट पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भईरहेको पनि उनले बताए।

यसको ट्रेलर दर्शकले साह्रै मन पराएका छन् । यो ट्रेलरको एक सातादेखि युटयुव नेपालमा ट्रेनडिङमा रहँदै आएको छ । चलचित्र लभ स्टेशनलाई अग्रज निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ।

आफ्नो फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन्।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ।





Comments

comments

Leave a Reply

27338