चीनले ३०० वटा एयरबस किन्ने

पेरिस – चीनले युरोपेली विमान निर्माण कम्पनी ‘एयरबस’ सँग ३ सयवटा जेट किन्ने भएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको फ्रान्स भ्रमणका बेला दुई पक्षबीच जेट खरिद सम्झौता भएको समाचार कान्तिपुर दैनिकमा छ।

राष्ट्रपति सीले ‘ए–३२०’ र ‘ए–३५० एक्सडब्लूबी’ विमान खरिदबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानको मूल्य ३ खर्ब ५० अर्ब अमेरिकी डलर पर्छ।

अमेरिकी विमान निर्माण कम्पनी बोइङका दुईटा ‘७३७ म्याक्स’ जहाज ५ महिनाको अवधिमा दुर्घटनामा परेपछि चीनले एयरबससँग पछिल्लो सम्झौता गरेको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

27505