लोकतान्त्रिक न्याय (कथा) – शान्तीराम ज्यामाउ

लोकतान्त्रिक न्याय
– शान्तीराम ज्यामाउ

अम्मरबहादुर खड्का पेशाले शिक्षक हुन् तापनि उनले उनेको पुख्र्यौली कृषि व्यवसाय पनि छोडेका छैनन्। ४ जनाको परिवार आफू दई दम्पत्ति २ भाई १६ र १८ वर्षका छोराहरु छन्।

कान्छो छोरा ९ मा जेठो १२ कक्षामा अध्ययन गर्दैछन्। श्रीमति सामान्य साक्षर छिन् प्राथमिक स्तरको शिक्षा पूरा गरेकी छिन् तर कृषि कामको लागि भने वघिनी बराबर छिन् भन्छन् गाउँलेहरु । बुढा ४८ वर्ष कटे प्राथमिक द्वितीय श्रेणीमा दुर्गम गाउँमा पढाउँछन् यसो मधेश तिर सानो घर घडेरी पनि जोडेछन् । बसाई सराई पनि मिलाई हालेछन्। त्यसो हुँदा बढा त लगभग ३० हजारको हाराहारीमा तलब पाउँदा रहेछन् । यता श्रीमति छोराहरुले पुख्र्यौली २०–२२ मुरीको खेत रोप्दा रहेछन् आफैले खान लगाउन मनग्य। घरमा ६–७ वटा खसी, दुहुनो भैंसी, गोरु चाँहि अरुको जोताउँदा रहेछन् अलिकति तलब खर्च गरेर। नत्र बुढाको सबै बचत। सधैं यस्तै रितको आयस्ता भए त बुढाको आर्थिक उन्नति राम्रै हुन्थ्यो होला, नोकरी अवधिभर लामो समय तास, जुवा, जाँडरक्सीमा सकेछन्। ८–१० वर्ष देखि मात्र बुढाले लाइन पक्डेका रहेछन्।

बुढाले २–४ वर्ष अघि जिल्ला सदरमुकाममा घर–घडेरी पनि पो जोडेछन्। गाउँबाट एक डेढ घण्टामा सदरमुकाम पुगि हालिन्छ। हेर्दा हेर्दै बुढाले बुढेसकालमा २२० सि.सि. को बाइक किनेर कसरी सिके ? लाइसेन्स बनाएर हरर कुदाउन पो थालेछन्। हरे ! परिवर्तन । छोराहरु पनि भैंसीलाइघाँस काट्न पनि ठिक्क, हलो जोत्न पनि ठिक्क, बाइकमा हरर कुद्न पनि ठिक्क । उनको यस्तो चाला देखेर दुष्ट काँठे छिमेकीहरु दङदास पर्थे। गरि खाँदै छ भन्ने सम्मको मूल्याङ्कनको सट्टा यस पागलको चाला के होला भनेर कुरा दोचार्थे। हुन पनि उनी निस्फिक्रि तालका मानिस थिए आजभोलिको जमानामा उ र उनको परिवार कुनै पार्टी सम्पर्कमा थिएन। यदाकदा देश विदेशमा चर्चित हुने खालका लेख, कविता, निवन्धहरु लेख्थे। अब त उनलाई संसारका साहित्यिक मिडियाले चिन्न गन्न थालिसके। अनि उनी किन जिल्लाका नेताहरुको झोलेमा दरिन चाहन्थे त ? स्वतन्त्र अस्तित्वमा बाँचिरहेका थिए।

भर्खरै एउटा कथा संग्रह निकाले झण्डैले मदर पुरस्कार पो पाएका। आत्मपरक शैलीमा आफैले देखे भोगेका कुराहरुमा यसो थपथाप पारी लेखी टोपलेका थिए बाफ रे बाफ! कहाँ पुगे कहाँ ? आजभोली त उनी फुर्सद पायो कि घुम्न हिंडिहाल्छन् । ख्यालख्यालमै भारतका १०–१२ वटा प्रान्तहरु त एक्लै पो डुलिसके । दुर्गमको स्कूल त्यति खटिएर पढाउन पर्दो रहेनछ । ठूलै उद्योगपतिको जत्तिकै आनन्द लुट्दै थिए । म संग गफगाफमा भन्ने गर्थे “यार ट्रेनबाट दक्षिण एसियाको मुलूकहरु घुमौन खासै खर्चिलो नहुने रहेछ। मेरो त यी मुलूकमा घुम्ने पञ्चवर्षिय योजना छ ।” म त छक्कै पो परे, मान्छेले आँटे जे पनि गर्न सक्छ कि क्याहो जस्तो लाग्न थाल्यो। यस्तैमा बजारको घरको सँधियार छिमेकीसंग सिमानाको विषयमा विवाद उठ्यो भिरालो कान्लामाथि उनको घर। किनेको समयदेखि हालसम्म उनैले चर्चिएको कान्लो। छिमेकीले डोजर ल्याई २ पटकसम्म उक्त कान्लो खारेर सिधा बनाई दियो। यति गर्दा पनि उसले उनलाई रोहबरमा राखेन।

उनी घरमा नभएको समयमा जग्गा खारो उनले गाउँ समाज जुटाए छलफलबाट निर्णय समेत भयो। तर उनको विपक्षले उक्त समाजको निर्णय स्वीकार गरेन। अम्मर बहादुरले नगरपालिकालगायत जिल्ला प्रशासन कार्यालयमा उजुरी ग¥यो। यसै सन्दर्भलाई लिएर अम्मर बहादुरको छोरालाई विपक्षी दल बहादुर राईले गाउँले फटाहा गुण्डाहरुको सहयोग लिई उसैको घर अगाडि बाटोमा निहु खोजी कुटपिट गरे। तर अम्मर बहादुरको छोराले महाभारत पात्र अर्जुनले झैं प्रतिवाद गर्यो। फलस्वरुप २–४ जना राईहरु उसको लात्ता मुक्काले ढले। राईहरु पनि बसाई वाला लुखुरे क्षेत्रीको लुरे छोराले कुटिएको हुन किन चाहन्थे ? हाने खुकुरीले भकाभक टाउकामा। थला पर्यो अम्बर बहादुर खड्काको छोरो। लडाएर जब थिचे अनि करायो केटो “गुहार–गुहार बुबा ज्यान बचाउनुहोस”।

यो आवाज सुनेर आत्तिदै बाबु घटना स्थल पुगे। साँझको समय थियो छोरो कुन हो, विपक्षहरु को–को छन् उसले चिनेन। केबल उसले पनि गुहार–गुहार भनी कराउन थाले। यस्तैमा उनले पनि एक खुकुरी भेटे टाउकोमा तैपनि ढलि त गएनन्। यस समय सम्ममा उनको कान्छो छोरा आई दाजुको मरणासन्न हालत देखि आत्तिएर दाजुलाई थिच्ने एक जनालाई हलका खुकुरी प्रहार गरी दाजुलाई छुट्यायो। त्यसपछि उसको ज्यान बचेको थियो।

यस समय सम्ममा घटना स्थलमा प्रहरीको उपस्थिति भइसकेको थियो। दुबै पक्षको अस्पतालमा भर्ना भई घाजाँच केस फारम गराए। अम्बर बहादुरको छोरालाई टाउकोमा गम्भिर प्रकृतिका धारिलो हतियारका दुई वटा चोट थियो। त्यसैले थप उपचार र सिटी स्क्यानको लागि बि.पी. मेमोरियल हस्पिटल, घोपामा रिफर गरियो। छोरा लिएर बुढा लागे घोपातिर। यता उनी गएपछि उनको विपक्षीले उनीहरुको टाउकोमा परेको सामान्य छाला खोस्रिएको भन्ने देखाउने घाजाँच प्रमाणलाई लिएर अम्बर बहादुर खड्काको सिङ्गो परिवार बाबुआमा र दुई छोरा समेत ४ जनालाई विपक्षी बनाई ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराए।

डि.एस.पी. हराम रहेछन्। ५०–६० हजारको लोभमा परेर एकतर्फी कुरा सुनी मुद्दा दर्ता गरिदिएछन्। विचरा अम्बर बहादुरलाई उपचार पछि फर्कि आउन सकेनन् ज्यान केसमा थुनिने डरले। भएन डि.एस.पी. ले कानून अनभिज्ञ अम्बर बहादुरलाई फकाई मुद्दा एकलौटी बनाउनको लागि तपाई अहिले नआउनुहोस मैले थुन्नु पर्ने हुन्छ। बरु सरकारी वकिलसंग सम्पर्क राख्नुहोस् म विवस भए भन्यो, उनले विश्वास गरे। त्यसैले उनी आफ्नो छोराको गम्भिर चोट भएको घाजाँच प्रमाण हुँदाहुँदै पनि उनी चुके।

उनले सरकारी वकिलसंग फोनमा सम्पर्क गरे। वकिलले उनीसंग केहि रकम आशा गरे जस्तो जनाए, अम्बर बहादुर छक्क परे। आफू मर्कामा परेर पैसा खुवाउन अम्बर बहादुरको स्वाभिमानी हृदयले मानेन। फलस्वरुव मुद्दा अदालतमा दायर भयो। डि.एस.पी. तथा वकिलले अम्बर बहादुरसंग पनि अप्ठ्यारो परिस्थिति जन्माई अलिकति रकम असुल्ने जाल बुनेका थिए। बिचरा सोझा अम्बर बहादुरले कुरा बुझेनन्। इन्साफ पाउने आशामा रकम बुझाएर मुद्दा फिर्ता गराएनन्। अब मुद्दा अदालत गइसक्यो। उनको प्रगतिमा ईश्र्या गर्ने दुष्ट मनोवृत्ति भएका तथा देश विदेशमा रहेका शक्तिशाली विद्वान छिमेकीहरुले उनको उछित्तो काढ्ने मौका पाए।

धेरै जनाले अदालत गई अम्बर बहादुरले नै ज्यान मार्ने आसयले सबै परिवारको सहयोग लिई छिमेकी दल बहादुरको परिवारलाई आक्रमण गरेको हो। भनी बक पत्र गरे। दल बहादुर तत्कालिन सत्तारुढ पार्टीको वार्ड कमिटिको अध्यक्ष भएको तथा अम्बर बहादुरको चाँही कुनै पार्टीसंग सम्पर्क नभएको कुरा दरो मसाला बन्यो। न्यायाधिशले पनि यसो हेर्दा आशलाग्दो शिकार लखेटिएर आफू कहाँ आईपुगेको देखी थुनाामा राखी कार्वाही अगाडि बढाए। यसो हुँदा शिक्षक अम्बर बहादुरलाई पर्नु अप्ठ्यारो पर्यो।

६ महिनासम्म पुरपक्षको निहुँमा जागिर निलम्बन गरी ४–४ जनालाई थुनामा राख्दा पनि अम्बर बहादुरले न्यायधिशबाट दुधको दुध पानीको पानी इन्साफ पाउने आशाले चुपचाप न्याय फैसला कुरे। उता न्यायधिशले मनमनमा भने साला ६–६ महिना मौका दिंदा पनि कुरा नबुझ्ने ग्वाङ्ग्रो अब सफाई दिउ भने प्रतिष्ठाको विषय भइसक्यो। यत्तिका समयसम्म अनाहकमा किन थुनेको भन्लान दुनियाले भनी ज्यान मार्ने उद्योगमा चारै जनालाई ५ वर्ष कैद गर्ने फैसला गरे। बिचरा ! अम्बर बहादुरलाई यस्तो लोकतान्त्रिक न्याय मिल्यो।

शान्तीराम ज्यामाउ
संखुवासभा माल्टा
मितिः – २०७१/ ७ / २७





Comments

comments

Trending Now : २७ सय सैनिकमाथि कारबाही, सलामी नगर्ने पनि कारबाहीमा
2812