Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाले नेता झलनाथ खनाल स्वास्थ्य लाभ गरि स्वदेश प्रस्थान

विजय थापा / एचकेनेपाल डट कम-
कार्तिक २७, भर्जिनिया। डिसी महानगर क्षेत्रको बाल्टिमोरमा प्रवासि नेपालि मन्च अमेरिकाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्मानमा विदाई कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा उहाँको स्वास्थ्य लाभको कामना बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले दिएका थिए भने उक्त कार्यक्रममा महावाणिज्यदूत प्रेमराजा महतले पनि खनालको स्वास्थ्य लाभको शुभकामना दिनु भएको थियो।

कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले सबैलाई धन्यबाद दिनु भएको थियो। आफू अमेरिकामा आएर पूर्ण स्वाथ्य लाभ गरी नेपाल फर्कदै गरेकोले देशलाई अझै नयाँ जोश र जाँगरका साथ अघि बढाउने र मातृभूमिको रोग निको वनाई सुन्दर ,शान्त र विकसित नेपाल वनाउने कार्यमा लाग्ने वताउदै मुलुकले राजनैतिक क्रान्ति सफल गरि सकेकोले अव देशको सम्पूर्ण शक्ति आर्थिक क्रान्तिको लागि तयार हुनु पर्ने बताउनु भयो।

प्रवासी नेपालि मन्च अमेरिकाका केन्द्रिय सदस्य डिल्लि राज पौड्यालले अव नेता खनाल पूर्ण स्वाथ्य भएर स्वदेश फर्कदै हुनु हुन्छ र देशको निकास र देशलाई नया संबिधान दिने कुरामा महत्वपूर्ण भूमिका खेल्नु हुनेछ भन्दै पूर्व प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य लाभको कामना गदै सफल र आरामदायी यात्राको कामना दिएका थिए।

नेपाल फर्कनु अघि पूर्व प्रधानमन्त्री खनालले आजै वाशिंगटन डिसीस्थित नेपाली दूतावास जानु भै भेटघाट गर्नु भएको छ। खनाल विगत डेढ महिना देखि अमेरिकाको मेरिल्यान्डको जान हप्किन्स अस्पतालमा मुत्रनलिको शल्यक्रिया गरि स्वास्थ्य लाभ गरि आज साँझ नोभेम्वर १३ तारिख टरकिज बिमानबाट नेपाल फर्कदै हुनुहुन्छ।





Comments

comments

2832