Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

द्वन्द्वमा बेपत्ता व्यक्ति १६ वर्षपछि घर फर्कदा …

नवलपरासी, २७ कार्तिक। मुलुकमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएको भन्दै परिवार हदैसम्म पिरोलिएका थिए। परिवारको मुख्य सदस्य गुमाउँदाको सबै पीडा झेले। गावासोती नगरपालिका (त्यसबेला गाविस) १ का रामप्रसाद भनिने रामलाल भट्टराई वेपत्ता पारिएको खबर जिल्लाभर फैलियो। उनकी पत्नी तुलसालाई भेट्न रेड्क्रस अन्तर्राष्ट्रिय प्रतिनिधी घरमै ४–५ पटक आए। अरु मानवअधिकारकर्मी पनि धाए।

सुरुमा रेडक्रसका मान्छेलाई वेवास्ता गरिन्। कुरा बुझेपछि बेपत्ताको सूचीमा नाम लेखाउन तयार भइन्। आफूले पनि पतिको खोजीमा सघाउन थालिन्। केही पत्तो लागेन। परिवार र आफन्त निराश बने। तुलसा वेपत्ता समाज नेपालको कोषाध्यक्ष र जिल्ला उपाध्यक्ष बनिन्। बेपत्ताको परिवारको सूचीमा परेकाले उनले राज्यबाट ३ लाख २५ हजार नगद राहत लिएको जनाइन्।

नवलपरासीबाट द्वन्द्वकालमा वेपत्ता पारिएका १४ मध्ये रामलालको नाम १२ औं नम्बरमा छ। तिनै रामलाल कात्तिक २० गते बिहीबार बिहान ४ बजे घर आइपुगे। पूर्वपश्चिम राजमार्गस्थित कावासोती थानामा झर्दा ठूला घर देखेर दंग परे। उनी आफ्नो घरतर्फ लागे। झुक्किएर घर छाडेर टाढा पुगेछन्। उनी वेपत्ता भएको १६ वर्षपछि फर्किएका थिए। उनी ०५५ मा पोखराको चिप्लेढुंगामा सामान्य तरकारी पसल गर्थे। त्यसबेला उनका साथीले ‘तँलाई माओवादी भएको आरोपमा प्रहरी खोजी गरेको छ’ भन्ने सुनाएपछि २५ वर्षीय रामलाल बेखबर भएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

उनी ०५५ कात्तिक ३ गते कावासोतीस्थित घर आए। फेरि कसैले पत्तो नपाउने गरी बिहान ४ बजे घर आएका उनी एक घन्टापछि रुपन्देहीको सुनौली नाका हुँदै दिल्लीको नजबगढ पुगे।

उनी फर्किएपछि तुलसा हर्सित छिन्। ‘आउनुहोला जस्तो त लागेको थियो,’ उनले भनिन्,‘अन्य जिल्लामा १५–१६ वर्षपछि घर फर्केको सुन्दा अलिअलि आशा थियो।





Comments

comments

2802