नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा घरबारबिहिनलाई नेपाली खाना वितरण


नातिबाबु भट्ट –

कोलोराडो अमेरीका, १४ अप्रिल। कोलोराडोमा क्रियाशील लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आइतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना बितरण गरिएको छ।

लङमन्ट नगरस्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै १ सय ५० घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल, भात, मासु, तरकारी र खीरको स्वाद लिई खुशी साथ खाएका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकिय सहयोग र सहभागिता रहेको थियो।

आइतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १ बजेसम्म संचालन भएको थियो । बितरित खाना लायन्सका पदाधिकारीहरुले घर घरमा तयारपारी ल्याएर बितरण गरेका थिए।

खाना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ ईष्टका पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर लगायतका व्याक्तिहरु सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका क्लवका पूर्व अध्यक्ष तथा ६ नर्थ ईष्टका ईन्भारमेन्टल चेयर प्रमोद श्रेष्ठले बताएका छन्।

लङमन्ट हिमालयज् लायन्स क्लबको सक्रियतामा बिगत ४ बर्षदेखि अग्रेजी नयाँबर्ष र नेपाली नयाँबर्षको उपलक्ष्यमा बर्षको दुई पटक स्थानीय घरवारबिहिनलाई नेपाली खाना बितरण गरिदै आएको क्लबका अध्यक्ष बिकल पराजुलीले बताए। क्लबले कर्मभूमि अमेरिकामा र जन्मभूमि नेपालमा यस्ता दर्जनौं सामाजिक क्रियाकलापहरु गर्दै आएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28207