नयाँ बर्षको अवसर पारेर ‘पसिना’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘पसिना’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७६ को अवसर पारेर चलचित्रको तीन वटा पोस्टर सार्बजनिक गरिएको हो।

केहि दिनअघि चलचित्र ‘पसिना’को प्रोमोसनल टाइटल गीत सार्बजनिक गरिएको थियो। मजदुरहरुको कथा व्यथा समेटिएको चलचित्र ‘पसिना’ को सार्बजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल लाइ मुख्य स्थान दिइएको छ।

आर. बि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राईको संगीत, नबिन निरौलाको सम्पादन,शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ।

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । आर.बी. खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् । चलचित्रको ट्रेलर यसै साता सार्बजनिक गर्ने योजनामा निर्माण टिम रहेको छ।





Comments

comments

28223