राष्ट्रपति भण्डारीद्वारा विप्लव निकटलाई पनि पदक

काठमाडौँ – ध्वंसात्मक गतिविधिको आरोपमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन् । भण्डारीले आइतबार धेरै जनालाई पदक वितरण गरेकी थिइन्।

प्रबल जनसेवाश्री पदक पाउने पाठक अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हुन् । गत वर्षमात्र उनी अध्यक्ष भएका थिए । राजनीतिक दलनिकट शिक्षक संगठनका अध्यक्ष भए पनि पाठकले नेतृत्व गरेको स्कुल अध्ययनअध्यापनमा अब्बल रहेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।





Comments

comments

28251