एक जनाको ज्यान जाने गरी भएको नख्खु बम काण्डका मुख्य योजनाकार पक्राउ

काठमाडौ । ललितपुरको एनसेनको मुख्यालय नख्खुमा भएको बम विस्फोटन घटनाका मुख्य योजनाकार वीरबहादुर कठायत पक्राउ परेका छन् ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार सुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका कठायत जुम्लाका नेकपा बिप्लव समुहका उच्चस्तरीय नेता हुन् ।

गत फागुन १० गते बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । उक्त बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेकोे छ । प्रहरीका अनुसार अन्य २ जना भने अझैं फरार रहेका छन् । नेपाल समाचारपत्रमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28292