मंसिर ४ गते आदिवासी जनजातिको बृहत खवरदारीसभा हुने

मिति: २०७१ कार्तिक २७ गते
प्रेस विज्ञप्ति
नेपालका आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघको स्थापना कालदेखि आदिवासी जनजातिहरुको सबै खाले अधिकारको सवालमा निरन्तर रुपमा नेतृत्वदायी भूमिका खेल्दै आदिवासी जनजातिहरुलाई धर्म, संस्कृति, भाषा, शिक्षा जस्ता मुद्धाहरुमा जागरुग गराउँदै राजनितिकि मुद्धामा राज्यका हरेक क्षेत्रमा आदिवासी जनजातिहरुलाई समावेशीताको मुद्धालाई सुनिश्चित गराउन विभिन्न चरणमा खवरदारी तथा आन्दोलन गरी राज्यसँग नेपाल आदिवासी जनजाति महासंघले गरेका सहमति र सम्झौताहरु गरेको र उक्त सहमति र सम्झौताहरुलाई अक्षरस कार्यन्वयन गराउन तथा संविधानसभा मार्फत पहिचान सहितको संघीय संविधान, धर्म निरपेक्षता, गणतन्त्र, समावेशी लोकतन्त्र सहितको नयाँ संविधान जारी गराउन महासंघ सशक्त आन्दोलन गर्ने जानकारी गराउँदै उक्त आन्दोलनमा महासंघका सबै सदस्य संगठनहरु, सम्बन्धन संगठनहरु, राजनितिक पाटीका आदिवासी जनजाति विभागहरु, सुचीउन्मुख आदिवासी जनजाति संगठनहरु, महासंघका पूर्व नेतृत्व तथा पदाधिकारीहरु, आदिवासी जनजाति बुद्धिजीवी तथा अगुवाहरुलाई सहभागिताका लागि आव्हान गर्दछौं।

महासंघको बारेमा मिडिया तथा सामाजिक संञ्जालहरुमा आएका टिकाटिप्पणीहरुप्रति गंभीर ध्यानाकार्षित हुदै महासंघ आदिवासी जनजातिको मुद्धाहरु प्रति कटिबद्ध रहेको जानकारी गराँउदै सबै पहिचान चाहाने शक्तिहरु, संघसंस्थाहरु, बुद्धिजिवी, महिला, मधेशी, दलित तथा मुस्लिम लगायत सँग आन्दोलनमा सहकार्य गर्दै अगाडि बढ्ने र आन्दोलनलाई निश्कर्षमा पु¥याउन नेपालका सम्पूर्ण उत्पिडित बर्ग तथा समुदायहरुलाई सहभागी हुन आव्हान गर्ने निर्णय नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको १७औं बैठकले सर्वसहमतीले पारित गर्दै अवको आदिवासी जनजाति आन्दोलन निर्णयक बनाउनको लागि यहि २०७१ मंसिर ४ गते बृहत खवरदारीसभा तथा थप आन्दोलनको घोषणा सभा गर्ने जानकारी गराईन्छ।

नगेन्दकुमार कुमाल
अध्यक्ष
पेम्बा गुरुङ भोटे
महासचिव

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2830