चलचित्र ‘कप्स’ को दोश्रो गीत सार्वजनिक

काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत शनिबार दिउँसो रिलिज गरिएको छ।

सुन्दरी देखेर आँखा सन्कियो…बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । त्यहाँ फिल्मका खलचरित्रहरु छन् । उनीहरुको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप बिक्रम शाही पुग्छन्।

यो गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यलकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् ।
यो चलचित्रलाई अग्रज कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्रको कथा अनुसार राखिएको यो आईटम गीत हो । यो चलचित्र प्रहरी सेवाको कथामा केन्द्रित रहेको निर्देशक सापकोटाले बताए । गीतमा नृत्य कलाकार रिया प्रधानको नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

यो चलचित्रमा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ । आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन्।





Comments

comments

28426