भीषण वर्षाका कारण हङकङमा दुईको मृत्यु, एक बेपत्ता..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० अप्रिल। शनिवार दिउंसो परेको भीषण वर्षाका कारण हङकङमा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

दिउंसो साढे दुई बजे ताई ओ डाँडामा हाईकिङ गएका एक पुरुषको भारी वर्षासहित परेको चट्याङ लागेर मृत्यु भएको छ। चट्याङ लागेर विहोस भएपछि हेलिकप्टरबाट उद्धार गरी चुन मुन अस्पताल लगेपनि उपचारको क्रममा उनको मृत्यु भएको समाचार स्रोतले जनाएको छ।

त्यस्तै, पो तोई आइल्याण्डनजिक माछा मार्ने डुंगा पल्टिदा एक जनाको मृत्यु भएको छ। करीब ४ बजेतिर भएको सोही घटनामा समुद्रको पानीमा डुबेर एक जना बेपत्ता भएका छन्। दुई महिलालाई उद्धार गरी उपचारको लागि अस्पताल भर्ना गरिएको छ।

मृतक र बेपत्ता हुनेहरुको पहिचान समाचारमा उल्लेख गरिएको छैन।

हङकङको मौसम विभागले यो वर्षकै पहिलो रेड रेनस्ट्रोम (आँधीसहित भारी वर्षा) हुने सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको थियो।

खराब मौसमको वेवास्ता गर्दा दुई जनाले अकालमा ज्यान गुमाएका छन् भने एक जना समुद्रको पानीमा डुबेर बेपत्ता भएका छन्। न्युज डेस्कबाट पशन तमू / एचकेनेपाल डट कम





Comments

comments

28430