बेलायतमा नेपालीले यसरी मनाए ‘नेपाली नयाँ बर्ष’

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-

लण्डन, १० वैशाख । र्वािमनिस्टर नेपाली समाजले मनोरञ्जनात्मक कार्यक्रम गर्दै नेपाली नयाँ वर्ष विक्रम सम्वत २०७६ लाई भब्य रुपमा स्वागत गरि मनाए।

विविधतामूलक नेपालको सामूहिक तथा जातीय पहिचान झल्किने विभिन्न सांस्कृतिक पोशाक लगाएर उपस्थित अथितलहरुले कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै नाचगान गरी भब्य र खुशीयाली साथ नयाँ वर्ष मनाएका हुन्।

वार्मि्निस्टर समाज नेपालीले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि हंगिर्टिट होटलका संस्थापक अध्यक्ष विजय राई, विशिष्ट अतिथि गोर्खा कम्पनी टेभोलेटोका संस्थापक पूर्व गुल्मापति मेजर प्रकाश गुरुङ्ग एमभिओ , मेजर राजेश गुरुङ , गीतकार किरण राई र भोजपुर बोया निवासी सुवास राईलगायत उपस्थित थिए।

नयाँ बर्षको शुभकामना दिदै मेजर प्रकाशले नेपाली मौलिक संस्कृति र नेपालको समाचार प्रसारण गर्नकालागि बिएफ बिएस गोर्खा रेडियो स्टेसन स्थापना गर्न बेलायती सेनाको मुख्यलयबाट स्वीकृती पाएर प्रसारण गरेको खुलासा पारे। नेपाली पर्वहरुलाई विशेष रुपमा हरेक तीन महिनाको अन्तरालमा मनाउदै रमाईलो गरिने नेपाली समाज वार्मि्निस्टरका अध्यक्ष एक बहादुर पुनले बताए। विना स्वार्थ आफूले सामाजिक कार्य गर्दै आईरहेको र नेपाली समाज हिजो भन्दा आज झन सजिलो बन्दै गएको बताए। हरेक क्षेत्रमा नेतृत्व र प्रगति गर्नुपर्ने र आगामी दिनमा आफ्नो संस्थागत वा व्यक्तिगत रुपमा सदैब समाजप्रति सहयोग रहने बताए।

शुभकामना आदान प्रदान कार्यक्रममा संघका कोषाध्यक्ष धन थाडाले गत बर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गराउदै रात्रि भोजको अन्तिम समयसम्म विश्वजन राईसँग सहकार्य गदै उपस्थित अथितहरुलाई पेय पदार्थ उपलव्द गराएका थिए । गायिका सुमि राईले केही गीत प्रस्तुत गरिएको कार्यक्रमलाई संघका सचिब थान रानाले सञ्चानलन गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28560