हङकङमा यसरी मनाइयो समुद्र देबीको जन्मोत्सव (भिडियोसहित)

एचकेनेपाल डट कम –

हङकङ, २७ अप्रिल। हङकङको ठूला चाडहरुमध्ये एक मानिने ‘टिन हाउ महोत्सव’ ड्रागन नाँचलगायत विभिन्न झाँकी निकालेर शनिवार युन लङमा धुमधामले मनाएको छ।

समुद्रकी देबीलाई खुशी पार्न आयोजना हुने टिन हाउ महोत्सवको झाँकी प्रदर्शन बिहान करीव साढे १० बजेदेखि शुरु भएको थियो। झाँकी ३ घण्टासम्म जारी रहेको थियो।

चिनीयाँहरुमाझ अत्यन्त पवित्र र शुभ मानिने ड्रागन नाँच हेर्न सडक वरवर मानिसहरुको ठूलो घुइचो लागेको थियो।

हेर्नुहोस् फेसबूक लाईभ भिडियोः

 

हङकङको युन लङमा समुद्र देबीको जन्मोत्सव मनाइंदै
FBLV: Pashan Tamoo / HKNepal.com
थप समाचारः https://hknepal.com/deshbidesh/archives/28677

Posted by HKNepal.com on Friday, 26 April 2019

हेर्नुहोस् फाइल भिडियोः





Comments

comments

28677