स्थापना कालदेखि नै मुद्धा खेप्दै आईरहेको एनआरएन अमेरिकामाथि फेरि अर्को मुद्धा

विजय थापा

डिसी । स्थापना कालदेखि नै विवादै विवादको भुमरीमा जकड्किएको एनआरएन अमेरिकालाई अर्को झड्का लागेको छ।

आगामी मे १८ र १९ मा तय भै सकेको एनआरएन एनसीसी युएसएको चुनावलाई स्थगित गर्न तथा निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न अदालतमा माग गर्दै मुद्धा दायर भएको छ।

बाल्टिमोर निवासी तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्वउपाध्यक्ष रविना थापा तथा व्यवसायी तथा समाजसेवी नारायण थापाले अमेरिकाको टेनेसी राज्यमा मुद्धा दायर गरेका हुन्।

एनआरएन अभियान तथा सामाजिक सेवामा अनुभव बटुलेकी रविना थापा सन् २०१७ -२०१९ को लागि अध्यक्षकी उम्मेदवार थिइन् । रबिना थापा तथा नारायण थापा पतिपत्नी हुन् भने यो मुद्धाको सुनुवाई मे १३ मा हुने छ।

बिश्व बराल,भुवन गुरुङ, अन्जन श्रेष्ठ ,गौरी जोशी ,अध्यक्ष केशव पौडेललगायत सन् २०१७ को निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाईएको छ । अमेरिकाको टेनेसीको नक्स काउन्टी चान्सलरी कोर्टमा गत अप्रिल २६ का दिन दायर गरेको मुद्धा दायर संख्या १९६०८१-३ रहेको छ । उक्त मुद्धा थापा दम्पतिका तर्फबाट ग्रेगरी ब्राउन र रथ एसम्यानले मुद्धा दर्ता गरेका हुन्।

एनआरए को चुनाव रोक्नु पर्ने ,एनआरएन अमेरिकाको साधारण सभा ३० दिनभित्र बोलाउन र नयाँ निर्वाचन प्रमुख नियुक्त गरेर मात्र निर्वाचन गराउन आदेश दिन समेत न्यायालयमा अनुरोध गरेका छन्।

संस्थाका महासचिव बिआर लामाले सम्पूर्ण सदस्यहरुलाई बिधुतीय डाकद्वारा जानकारी गराएका थिए । उक्त मुद्धाको बिबरण ५० पृष्ठको रहेको छ । एनआरएन अमेरिकाले स्थापना कालदेखि नै मुद्धा खेप्दै आई रहेको छ।

विवाद र झगडामा अल्झिएको कारण बिश्वकै सर्वाधिक धेरै सदस्य संख्या भएको एनआरएन अमेरिकालाई अस्ट्रेलियाले उछिनेको छ । अब बिश्व कै सबै भन्दा ठूलो राष्ट्रिय समन्वय समिति अस्ट्रेलिया भएको छ।

आसन्न निर्वाचनको लागि उम्मेदारहरुका बहस ,उम्मेद्वारहरु व्यापक प्रचार प्रसारमा लागि रहेको अवस्थामा निर्वाचन स्थगन गरियोस् भनि न्यायालयमा मुद्धा दायर भएकोले अन्यौलको स्थिति छाएको छ।





Comments

comments

28754