धरानमा सात्विक मनोरञ्जन धमाका हुदै

धरान र आगामी जेठ २५ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा अहिलेका चर्चित गायक –गायिकाहरु सम्मिलित कन्सर्ट सात्विक मनोरञ्जन धमाका आयोजना हुने भएको छ।

युवा/युवतीहरुमा अत्यधिक मन पराईएको हिप–हप् तथा र्याप गायक भीटेन अर्थात् समिर घिसिङ र अहिलेकी चर्चित गायिका मेलिना राई पहिलो पल्ट एउटै स्टेजमा सात्विक मनोरञ्जन धमाकामा आउने पक्का भएको हो।

चुरोट , सिमसिमे पानी , हालखबर , हिम्मत , मापसे , मान्छे खत्तम ,कथा , लाउरेको फेशनै राम्रो लगायतका भीटेनका थुप्रै गीतहरु युवायुवतीहरुको प्रिय छन् भने मेलिना राईको कम्मरमाथि पटुकी , कुटुम कुटु सुपाडी दाना , गोजीमा दाम छैन . हुदैन रेलिमाई , तिमीले बाटो फेर्यो अरे लगायतका थुप्रै चलचित्रका हिट गीतहरु छन्।

दुबैको बेजोड प्रस्तुतिसंगै धरानको गरिमा डान्स सेन्टरको आकर्षक नृत्य र स्थानीय कलाकारहरुको गायन प्रस्तुति समेत रहनेछ। सिल्भर इन्टरटेनमेन्टको आयोजना तथा धरानको सात्विक फुड्स प्रा. लि .को मुख्य प्रायोजनमा हुन लागेको सात्विक मनोरञ्जन धमाकाको रु २०० को टिकट रु २०० बराबरको सात्विक फुड्सले उत्पादन गरेको विभिन्न उत्पादनहरुको खरिदमा सित्तैमा दिईने छ।

५ बर्षदेखि धरानमा संचालन भएको सात्विक फुड्स प्रा. लिले अन्डा बिनाको बिशुद्ध साकाहारी रु २० देखि रु १०० सम्मको बिस्कुट तथा कुकिजहरु उत्पादन गरिरहेको छ भने हालसम्म ३५ भन्दा बढी मुख्य शहरहरुमा बिक्री वितरण गरिरहेको छ । आफ्नो उत्पादनलाई नेपालका ७७ वटै जिल्लामा उपभोक्ता माझ पुर्याउने अभिप्रायले कन्सर्टमा सहभागी भएको सात्विक फुड्सका नेशनल म्यानेजर बिनोद श्रेष्ठले बताउनु भयो।





Comments

comments

28822